भुकम्पको क्षति प्रति पोखरेली कलाकर्मी चिन्तित, ‘पीडितको पीडामा मलम लगाउन सक्रिय’


– राजाराम पौडेल

पोखरा / गत शनिबार गोरखाको वारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको विनाशकारी भुकम्प र त्यसपश्चात पटक–पटक आएका भुकम्पका कारण भएको जनधनको क्षति प्रति पोखरेली कलाकर्मी चिन्तित बनेका छन् ।

भुकम्पका कारण ज्यान गुमाउने, घाइते हुने र घरबार विहिन हुनेहरुको संख्या बढ्दै गएको छ । त्यती मात्र नभएर विपतमा परेर बाँच्न सफल भएकाहरुले राहत नपाएर भोकभोकै बस्नुपरेको छ । कयौ घाइतेको अझै सम्म उद्धार हुन सकेको छैन । यस्तो पीडा प्रत्यक्ष देखेका र सुनेका पोखरेली कलाकर्मी राहत संकलन गर्ने र पीडितको पीडामा मलम लगाउन सक्रिय बन्दैछ्न ।

यस्को लागि उनीहरुले व्यक्तिगत रुपमा मात्र नभएर संस्थागत रुपमा राहत संकलन गरि वितरण गर्न थालीसकेका छन् । केहि कलाकार प्रत्यक्ष रुपमा पीडित समक्ष पुगेर सहयोग गर्न व्यस्त छन् भने केहिले विभिन्न संघ संस्थाको माध्यमबाट आफ्नो तर्फको सहयोग पीडित समक्ष पु¥याउन खोजेका छन् ।

संगित नाट्य प्रतिष्ठानका उपकुलपति सरुभत्त श्रेष्ठले पीडितका लागि म्युजिक नेपाल एकेडेमिबाट रकम संकलन गरि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताएका छन् । ‘पीडितका लागि रकम संकलन कार्य सुरु भैसकेको छ’ उनले बताए ।

कवि तथा संस्कृतीकर्मी तिर्थ श्रेष्ठ भुकम्प आउँदाको समयमा आफ्नै घरको बगैचामा थिए । आफुलाई केहि नभएपनि विपत्तिमा परेकाहरुको पिडाले उनी चिन्तित बनेका छन् । पीडितहरुको सहयोगको लागि आफु सचिव रहेको विध्यवासीनी धार्मीक क्षेत्र विकास समिति मार्फत केहि सामाग्री गोरखाको वारपाक पठाएको उनले जनाए । ‘व्यक्तिगत रुपमा समेत केहि रकम पीडितको लागि छुट्याइसकेको छु’ उनले थपे ‘सहयोग संकलन गर्ने कार्य जारी छ’ ।

कन्दरा समुहका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ भुकम्प जादाको समयमा बेलायतमा थिए । जब नेपालमा गएको विनाशकारी भुकम्पको खबर उनले पाए त्यसपछाडि उनि त्यहाँ बस्न सकेनन् । अनि पीडितको पीडामा मलम लगाउन नेपाल फर्किए । उनीसँगै नेप्लिज नर्सीङ फाउन्डेसन बेलायतबाट दुईजना नर्स बेलायतबाट नेपाल आएका छन् । ‘हामिले बेलायतबाट ल्याएको सहयोग सामाग्री बसन्त चौधरी फाउन्डेसन मार्फत वितरण गर्दैछौँ’ विवेकले भने । राहत र उद्धारका लागि आफुलगायत आठ जनाको टोली काभ्रे जाने उनले जानकारी दिए ।

भर्खरै मात्र नयाँ एल्बम नेपाःश्री बजारमा ल्याएका गीतकार दुर्गाबहादुर शाह बाबा भुकम्प आउँदाखेरी पोखरामानै थिए । विनाशकारी भुकम्पले गरेको क्षती प्रति चिन्तित बनेका उनले साथीहरुसँग मिलेर पीडितको पीडामा मलम लगाउन खोज्दैछन् । उनी र उनका साथीहरुले संकलन गरेको राहत सामाग्री गोरखाको पासलाङमा रहेका पीडितलाई प्रदान गरिने बाबाले जनाएका छन् ।

त्यहाँ पुगेर उनीहरुले भुकम्पबाट पीडित बनेकाको लागि ब्लाङकेट, त्रिपाल, चामल, म्याट्रेस, चाउचाउ, विस्कुट, ठुलो प्लाष्टिक, दाल, भुजा, नुन लगायतको सामाग्री वितरण गर्नेछन् । संगीतकर्मीहरु दुर्गाबहादुर शाह बाबा, सागर शाह, सर्वज्ञमान शाक्य, जितेश प्रधान, दिपक बाँस्तोला, पुस्कर थापामगर, निसान खान, प्रकाश गुरुङ कास, सुनिता गुरुङ, राजेन्द्र अधिकारी, सुनिल गगंजु र विष्णु गंगजु मिलेर उक्त राहत सामाग्री संकलन गरि वितरण गर्न लागेका उनले जनाए ।

लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहाल भुकम्पजाँदाको समयमा जन्मगाउ ढिकुरपोखरी–९ मा थिए । अकल्पनिय भुकम्पले क्षणभरमानै गरेको क्षती प्रति अत्यन्त चिन्तित छन् । लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी र कास्कीको सक्रियतामा संकलन भएको पचास हजार बराबरको राहत सामाग्री नेपाल रेडक्रस सोसाइटी कास्कीलाई हस्तान्तरण गरिएको लोकगायक दाहालले बताए ।

यता भुकम्प जादाँको दिनमा पोखरामानै रहेकि लोकदोहोरी गायीका ज्योती लोहनी गास बास र कपास गुमाई अप्ठ्यारोमा परेकाको लागि राहत संकलन गरेर पीडितहरु सपक्ष पुगेर वितरण गर्ने बताउँछिन् ।

पोखरेली गायक सिडि विजय अधिकारी भुकम्प आउँदा काठमाण्डौँमानै थिए । डिल्लिबजारबाट पुतलीसडक स्टुडियो तर्फ स्कुटरबाट जाँदै गर्दा भुकम्प आएको उनले बताए । उनलाई केहि नभएपनि उनीसँगै रहेकि श्रीमती मनीषा राई स घाइते भइन् भने स्कुटरमा क्षति पुग्यो । ‘अब पीडितको लागि आफुले सकेको आर्थीक, भौतीक सहयोग गर्छु’ उनले भने ।

तराना म्युजिक सेन्टरका सञ्चालक रहेका संगीतकर्मी श्रीमान थुलुङ पीडितको लागि सक्दो सहयोग गर्ने बताउँछन् । भुकम्पजादाँ बाटुलेचौरमा आफ्नै घरमा रहेकी लोक गायीका चन्द्रा कार्की तत्कालै चौरमा पुगेर ज्यान बचाउन सफल भएको बताउँछिन् । पीडितको लागि आफुले सकेको आर्थीक, नैतीक, र भौतीक सहयोग गर्ने उनको योजना छ ।
पोखरेली समुह डिमोर्चाका मुख्य भोकलिष्ट रहेका गायक भाष्करध्वज श्रेष्ठले पीडितको लागि केहि काम गर्ने योजनामा आफुहरु रहेको जनाएका छन् । भुकम्प जाँदा पोखराको नदिपुरमा पढ्दै गरेको बताउने गायक राजन कार्की विपतमा परेकालाई सहयोग गर्ने जनाए ।

लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य चोलेन्द्र पौडेल ठुलो भुकम्प आउँदा पोखराको सिर्जनाचोकमा थिए । विपतमा परेकाको उद्धार र राहत वितरणका लागि क्षतिग्रस्त गाउँमा पुग्ने उनले सुनाए ।

लोक दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने घटना हुदाँको दिनमा पोखरामानै थिए । पीडितको पीडामा मलम लगाउनको लागि विभिन्न संस्था मार्फत सहयोग गरिरहेको उनले बताए ।

चलचित्रकर्मी नविन घायल भुकम्प जाँदाको समयमा पोखराको विध्यवासिनि चलचित्र भवनमा ‘रेशम फिलिलि’ हेर्न पुगेका थिए । ‘हलमा पुग्ने विीत्तकै एक्कासी भुकम्प आयो’ उनी थप्छन् ‘केहि समय त अत्तालिए पछि ज्यान जोगाउन भागे’। पेशागत विमा अभिकर्ता संघ एल आइ सि पोखरा उपशाखाका सचिव रहेका उनले संस्था मार्फत सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउँछन् ।

भुकम्प जादाँको समयमा रोडमा बसेर फोनमा कुरा गर्दै गरेको बताउने पोखरेली गायक सोवीत बस्यालले पीडितको लागि केहि समाग्रीहरु सहयोग गरि सकेका छन् । पीडितहरु भएको ठाउँमानै पुगेर उनीहरुलाई भेट्ने र राहत वितरण गर्ने इच्छा भएको बताउने उनी यो पीडामा दुःखी भएको बताउँछन् ।

लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका महासचिव रहेका लोकदोहोरी गायक घनश्याम रिजाल पीडितको लागि राहत संकलनमा जुटिरहेका छन् भने लोकदोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरी ढुङ्गाना प्रतिष्ठान मार्फत पीडित समक्ष राहत पु¥याउन क्रियाशिल भएको बताउँछन् ।

यसैगरी गुरुङ्ग फिल्म एशोसिएसन नेपाल जिफानले भुकम्प पीडित घाइतेको लागि व्हीलचिएर प्रदान गरेको जिफान अध्यक्ष वेदबहादुर गुरुङ्ग श्यामले जानकारी दिएका छन् । ‘गुरुङ्ग फिल्मका निर्माता, निर्देशक, नायक, नायिका, कलाकार, प्राविधिक लगायतबाट संकलीत रकमबाट व्हीलचिएर किनेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदान गरियो’ उनले बताए ।

त्यसो त भुकम्पजाँदाको समयमा भोजपुरमा रहेको बताउने जिफानको निवर्तमान अध्यक्ष माओत्से गुरुङले पनि पीडितको लागि केहि आर्थीक सहयोग गरिसकेको बताउँछन् । उता राजधानी काठमाण्डाँँैमा रहेका गायक गंगाधर पराजुली पीडितको उद्धार र राहतमा लागिपरेका छन् ।

यसरी शनिबार आएको विनाशकारी भुकम्प तथा त्यसपछाडि पटक–पटक आएको भुकम्पबाट पीडित बनेकाहरुको पीडामा सक्दो सहयोग गरी मलमपट्टी लगाउने प्रयासमा पोखरेली कलाकर्मी लागेका छन् ।

हुनत केहि व्यक्ति र संस्थाले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्नका लागि मात्रै राहत वितरण गरेको नाटक गरेको देखिन्छ । यस्तो अवस्थामा देखावटी भन्दापनि संयमित भएर पोखरेली कलाकर्मीले वास्तविक पीडितको पीडामा सहयोग गरि आफ्नो पहिचान बनाउनुपर्ने हुन्छ । popdiary@gmail.com