बेलायतका राजकुमार विलिम्सद्दारा दुताबासको शोक पुस्तिककामा हस्ताक्षर


लण्डन / बेलायतका राजकुमार विलियम्स डुक अफ क्यामब्रिज शुक्रबार विहान एक्कासी लण्डनस्थित नेपाली दूतावासमा पुग्नुभयो ।

अप्रत्यासित रुपमा विहान ९ बजे दूतावास भवन अगाडि देखापर्नुभएको राजकुमार विलियम्सले महाभूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोक पुस्तिककामा हस्ताक्षर गर्नुभएको बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

एकजना सेक्रेटरी र क्यामराम्यानसहित पुग्नुभएका राजकुमार विलियम्सले झण्डै पाँच मिनेट दूतावासमा बिताउनुभएको थियो । दूतावासको विशेष हल बेल रुममा राजकुमारले दूतावास कर्मचारीसँग पाँच मिनेट छलफल गर्नुभएको थियो ।

IMG_1539-700x467

 

छलफलका बेला दूतावास कर्मचारीले राजकुमार विलियम्सलाई चियाको अफर गरेका थिए । तर विलियम्सले आफू व्यस्त भएकाले चिया पिउन असमर्थ रहेको बताएका थिए । भूकम्प पीडित नेपालीप्रति महारानी एलिजावेद द्वितीयको समवेदना सन्देश लिएर आएको जवाफ दिनुभएको थियो ।

बेल रुमको पाँच मिनेट बसाइ अवधिमा गत शनिबार नेपालमा गएको भूकम्पले निम्त्याएको संकट र त्यसले पारेको प्रभावबारे राजकुमार विलियम्सले रुचिपूर्वक राजदूत क्षेत्रीको ब्रिफिङ सुन्नुभएको थियो । बेलायतले गर्नुपर्ने सहयोगका बारेमा पनि राजकुमार विलियम्सबाट राजदूत क्षेत्रीलाई सोधनी भएको थियो ।

दुई सय वर्ष लामो नेपाल–बेलायत कूटनीतिक सम्बन्धकै कारण प्राकृतिक विनासले नेपाल र नेपालीलाई पु¥याएको अपुरणीय क्षतिबारे बेलायती राजपरिवारले चासो लिएको प्रतिक्रिया कार्यवाहक राजदूत क्षेत्रीले दिएको नेपाल ब्रिटेन डटकमले जनाएको छ।  ।

IMG_1532