भूकम्पबारे जानकारी दिन नेपाली दूतावास लन्डनको छुट्टै अनलाइन सेवा


लन्डन / गत शनिवार नेपालमा गएको भूकम्पले मच्चाएको वितण्डा र भइरहेको गतिविधि बारेमा जानकारी दिने उद्देश्यले नेपाली दूतावास लन्डनले नयाँ अनलाइन सेवा सुरु गरेको छ । http://www.nepembassy.org.uk  अनलाइन पोर्टलको बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले सोमबार नेपाली दूतावासमा सार्वजानिक गरेका हुन् ।

नेपालको पछिल्लो अवस्थाका बारेमा आधिकारिक जानकारी दिने उद्देश्य नयाँ सेवा सुरु गरिएको दूतावासले जनाएको छ । अनलाइनमा भुकम्प पीडितलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा विस्तृत विवरण राखिएको छ । यसअघि नेपाली दूतावासले हेल्प डेक्सको सुरुवात गरिसकेको छ ।