एनआरएन अमेरिकाको अध्यक्षमा केशव पौड्याल विजयी


न्युयोर्क,

एनआरएन अमेरिकाको लागि भएको दोस्रो चिर्वाचनमा डा केशव पौड्याल विजयी भएका छन्। ३६४४ मतले उनी विजयी भएका हुन्।

त्यसैगरी कृष्ण पोखरेल वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा वन्दना कोइराला, रविना थापा, रामचन्द्र पोखरेल र डिल्लीराम भट्राई तथा महासचिवमा तिलबहादुर श्रेष्ठ विजयी भएका छन्।

१० हजार मतदाता रहेको निर्वाचनमा करिव ७० प्रतिशत मत खसेको बताइएको थियो।