यसकारण उच्च जोखिममा छ नेपाल


प्रकाश ढकाल

हिजो मात्र आएको विनासकारी भुकम्पले कति जनधनको क्षती भयो आउन बाँकी नै छ । अहिलेसम्म भएको मृत्युको संख्या केवल देखिएको र गनिएको लाशहरु मात्र हो । दशौँ हजार घरहरु पुरिएकोले त्यहाँ भित्र पुरिएकाको यकिन तथ्यांक ढिलोचांडो आउला । हराएकाको संख्या पनि आउला । तर मृत्यु हिनेको संख्या बढ्ने निश्चित छ ।

नेपाल सधैं भूकम्पको जोखिममा रहेको देश हो । इतिहाँसमा नेपालमा ठुला ठुला भुकम्पहरु गएको हाम्रो देश नेपालमा परे पछि मात्र चेत्ने बानी पुरानै हो । सरकारलाई राम्रो संग थाहा छ, यसका संयन्त्रहरुलाई पनि थाहा छ तर समयमै सावधानी नअपनाउँदा देशले अहिले ठुलो क्षती व्यहोरेको छ ।

Screen Shot 2015-04-26 at 03.37.05

पृथ्वीमा नेपाल यस्तो क्षेत्रमा छ कि जहाँ भुकम्पको उच्च जोखिम रहेको भन्ने कुरा गहन अध्ययन र इतिहाँसले पनि देखाईसकेको हो । भूगोल र विज्ञानलाइ नकार्न सकिन्न ।
पृथ्वी कुनै एक सोलिड वस्तुले बनेको ग्रह हैन । यसको बनोट विभिन्न तह तहले बनेको हुन्छ अर्थात हामीले टेक्ने जमिन मुनी विभिन्न तहहरु रहेका हुन्छन र ती एकै नाशका हुँदैनन् । ती तहहरुलाई भूगोलको भाषामा ‘प्लेट’ भनिन्छ र प्लेटहरु चलायमान हुन्छन र ती चलायमान रहेको कारण भुकम्प आउने गर्दछ । संसारभर अर्थात पृथ्वीभर यस्ता धेरै प्लेट रहेका छन् । विभिन्न प्लेटका तहको बीच भागमा तरल पदार्थहरु इनर्जीको रुपमा रहेका हुन्छन जुन प्रेसरका कारण निकै तातो अवस्थामा रहन्छ । भुगर्वको अनेक बनावटका कारण नेपाल पृथ्वीको ‘मेन हिमालयन थ्रस्ट’ अन्तर्गत  पर्छ  । यसका कारण हिमालयन क्षेत्रमा ठुल्ठुला भूकम्प ल्याउने गर्छ । यस्तो क्षेत्रमा ७० देखि ८० वर्षमा एकपटक ठुलो विनाशकारी भुकम्प आउने निश्चित नै हुन्छ । त्यसैले नब्बे साल पछि अहिलेको ठुलो विनाशकारी भुकम्प आएको हो । अध्ययनले देखाएको छ कि  नेपालको उच्च हीम शृंखलाको  अग्रभागदेखि चुरे पहाडसम्मको क्षेत्र एउटा ब्लकको रुपमा छ । यसकारण यहाँ धेरै इनर्जी अर्थात तरल पदार्थहरु संचित हुन्छ । नेपाल तिब्बती प्लेट र इन्डियन प्लेटको बिचमा रहेको छ । जव इन्डियन प्लेट र तिब्बती प्लेट बिचको जब संघात (कोलिजन) हुन्छ, यो संचित इनर्जीमा सिधै असर पुग्छ  र तलबाट प्लेट माथितिर सर्छ यसरी प्लेट माथितिर सर्दा प्लेट चलायमान हुन्छ र भूकम्प आउँछ । प्लेटको आकार सयौं किलोमिटर देखि हजारौं किलोमिटर सम्म हुने भएकोले त्यो चलायमान रहेको अवस्थामा त्यस प्लेटको ‘पेरिफेरी’ भित्र माथि जमिनमा बनेका संरचना हरुमा असर गरेर विनास आउने हो  प्लेट तल नझरी माथि सर्दा हुने भूकम्पलाई थ्रस्ट टाइपको भूकम्प भनिन्छ । नेपालमा यस्तै भुकम्प आउने गर्दछ । जसरी डेक्चीमा चामल वा खानेकुरा पकाउँदा ढक्कनले ढाकेको छ भने चामल वा खानेकुरा  पाक्दा उम्लने बेलामा ढक्कनलाई जुरुक जुरुक उचाल्छ त्यसरी नै भुगर्वमा रहेको तरल र तातो इनर्जीले प्लेटलाई उचाल्ने गर्दछ । सामान्य भाषामा बुझ्नको लागि यहि नै हो । र एकपटक भुकम्प गइ सकेपछि त्यो चलायमान रहेको प्लेट फेरि आफ्नो पहिलेको अवस्थामा फर्कने कोशिश गर्ने कारणले ७२ घण्टा भित्र भुकम्प फर्केको झट्का आउने गर्दछ जसले झन् विनाश गर्छ किनकि भुकम्प आएर गएकोले घरहरु चर्के भत्केको अवस्थामा हुन्छन र पछि आउने झट्काले ती घरलाई ध्वस्त पार्छ ।

काठमान्डू राजधानीमा घर बनाउने क्रम बढ्दो छ । भुकम्पको उच्च जोखिममा छ भन्ने थाहा पनि छ तर  कुनै नियम कानुनको पालना हुँदैन । भुकम्प प्रतिरोधात्मक बनाउनु पर्छ भन्ने नियम भए पनि त्यसको पालना हुदैन । महानगरपालिका र नगरपालिकाहरुमा घुष खाएर नक्सा पास पास गर्ने चलन छ, बिग्रे बिग्रोस, भत्के भात्कोस कसैलाई मतलब छैन । एक हातको कुरा नगरौं एक इन्च पनि नछोडी घर बनाइन्छ । सरकारले घर बनाउने जग्गाको मापदण्ड तोकेको छैन किनकि एक हात जग्गाको पनि कर सरकारले लिन्छ त्यसकारण जग्गा धनीले कत्ति पनि छोड्दैन ।जसका कारण अव्यवस्थित शहरीकरण बढेको छ । जथाभावी घर बनाउँदा जमिनलाइ अनावश्यक भार पर्छ र यसै पनि उच जोखिम रहेको काठमान्डूमा त्यसरी जथाभावी घर बनाउदा त्यो जमिनले भार थेग्न सक्दैन जसको कारण जमिन मुनि रहेको प्लेटमा प्रतक्ष असर पुग्छ अनि भुकम्प आउनको लागि थप जोड पुग्छ ।

नब्बे सालमा भुकम्प आयो रे भन्ने सुनियो त्यो पनि अहिले जत्तिकै शक्तिशाली थियो तर क्षतीको बारेमा नदेखेका कारण महशुश गर्न सकिएन । तर अहिले प्रतक्ष देखेका कारण बल्ल महशुश भएको हुनुपर्छ । यस्तो भुकम्प आउँछ भन्ने त सबैलाई पहिल्यै थाह थियो । करिब पन्ध्र वर्ष अगाडी भुगर्वविध हरुले पुरा अनुसन्धान गरेर तयार पारेको रिपोर्ट बुझाएका पनि थिए । त्यतिबेला नै यस्तो विपत्ति पर्न सक्छ भनेर भनिएको थियो
ठुलै भुइंचालो जाने अनुमान आज भन्दा १५ वर्ष अगाडीदेखि नै गरिएको हो । तर हाम्रो जस्तो देश राजनीतिक खिचातानीमै रमायो भुकम्पले ल्याउन सक्ने क्षति तर्फ कुनै चासो भएन जथाभावी घर निर्माण गर्ने क्रम काठमान्डू लगायत ठुला शहरमा जारी रह्यो । उच्च भुइंचालो जाने क्षत्रको वरिपरी पूर्वाधार बिना जथाभावी घर निर्माण गर्दा जमिनलाइ अनावश्यक प्रेसर पर्न गइ भार पर्छ । सानो एरियामा धेरै घरहरु निर्माण हुनु अर्को विनास निम्त्याउनु पनि हो । अमेरिकाका लगायत विभिन्न देशका भुगर्वविधहरुले१५ वर्ष अगाडी नै भुइंचालो जाँदै छ सावधानी अपनाउनु जरुरी छ भनेर भनेका थिए । त्यतिबेला नै भनिएको थियो भुइंचालो आएको खण्डमा र नेपाल यहि अवस्थामा रहेको खण्डमा विकासका पूर्वाधारहरु जस्तै खाने-पानी, विद्युत, टेलिफोन, मोटरबाटो लगायतका संरचना पुनर्निर्माण गरी पहिलाकै अवस्थामा ल्याउन अर्को २० वर्ष लाग्नेछ पनि भनिएको थियो । यसो कल्पना गरौँ त कति कहालीलाग्दो छ । यसै कारण सरकारले प्रत्येक भुकम्प दिवसको अवसर पारेर काठमान्डूका सडकमा भुकम्पबाट कसरी बच्ने भनेर ‘नाटक’ मन्चन पनि गर्ने गर्छ केवल झारा टार्न । तर पूर्वाधार र संरचना बनाउने सवालमा किन पहिल्यै सावधानी अपनाइन्न ? यो गहन कुरा हो । अब पनि नचेत्ने हो भने काठमान्डूको भविश्य रहने छैन ।

तपाईको प्रतिक्रिया