पार्टी भित्र मौलाएको गुट गत राजनिति पार्टीका लागि घातक हुने : थापा


राजाराम पौडेल/पोखरा

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद् गगन थापाले कोहि छुट्छन् भन्दैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् ।

नेपाली काँग्रेस पोखरा उपमहानगर पालिका कार्य समितिले शनिबार नया वर्ष २०७२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

संविधान निर्माणका लागि अधिकत सहमति अपनाउनै छौ उनले भने– सहमतिमा  नआए  छुट्ने छुट्दै गर्छन् संविधान निर्माण अगाडि वढ्नेछ।

संविधान आउने सुनिश्चिता भएको उनले विश्वास दिलाए ।गर्जिएर हिडेको एकिकृत नेकपा माओवादी सहितको मोर्चा पनि अहिले फर्किएर आएको छ उनले भने– गर्जिएको मोर्चालाई फर्किन नदिने प्रयास गर्ने छौ, यदि फर्किए भने पनि संविधान निर्माण प्रक्रिया अगाडि वढ्ने छ ।

खेलको मैदानमा छिरेपछि खेलबाट कोहि भाग्न खोज्छ भने त्यो खेलबाटै छुट्ने उनको भनाई थियो ।

राजनिति पनि एक किसिमको फुटबल खेल हो संविधान वनाउने खेलमा छिरेपछि त्यो खेलबाट कोहि पनि भाग्नु हुदैन उनले भने–फुटबल मैदानमा छिरेर घरि चेस खेलौं भन्ने त घरि गोलपोष्ट सारौ भन्ने भनेर अल्झाउने काम गर्न हुदैन ।

उनले माओवादी जस्तो उत्तेजनामा आउने र एमाले जस्तो जवाफ फर्काउदै हिड्ने पार्टी काँग्रेस नरहेको स्पष्ट पारे ।

माओवादी उत्तेजनामा आएर वोल्छ र एमाले त्यसको प्रतिपाद गर्दै हिड्छ उनले भने– काँग्रेसलाई ठुलो जिम्मेवारी छ हाम्रो पार्टी उत्तेजनामा पनि आउदैन र प्रतिपाद गर्दै पनि हिड्दैन।

संघियतामा सहमति जुट्न नसक्दा संविधान निर्माणमा ढिलाई भएको उनको भनाई थियो।

संविधानका सवै विषय वस्तु मिलिसकेका छन् केवल संघियताको सख्यामा सहमति जुट्न सकेको छैन उनले भने– प्रचण्ड वावुरामलाई एउटा कोठामा र हामी अरु एक ठाँउमा वसेर संविधानको खाका वनाउन दिने हो भने खाँका संघियता वाहेक कम फुलिष्टव केहि फरक पर्दैन।

युवा नेता थापाले पार्टी भित्र मौलाएको गुट गत राजनिति पार्टीका लागि घातक हुने बताए ।

कि त पार्टीको विधान नै परिवर्तन गरेर पार्टीमा अव दुई गुट हुने छन् भन्नु प¥यो उनले भने– होइन भने पार्टीको सदस्य लिदा यो गुट र त्यो गुटको भनेर सदस्यता दिन काम तुरुन्त रोक्नु पर्दछ ।

पार्टीको महाधिवेशन नजिकिदै गएको सन्दर्भमा उनले महाधिवेशनले नेता जन्माउने होईन पार्टी वलियो वनाउन तर्फ केन्द्रित हुनु पर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति तथा सभासद् यज्ञबहादुर थापाले अत्याधिक अल्पमतको वन्दी अत्याधिक वहुमत हुन नसक्ने ठोकुवा गरे ।

सहमति प्रयास दमतक गर्ने हो कसै सहमति हुदैन भने प्रक्रियामा जानै पर्दछ उनले भने– अत्याधिक अल्पमतले अध्याधिक वहुमतलाई वन्दि वनाएर राख्न मिल्दैन ।

तासमा खेलमा हुकुमको एक्का सवै भन्दा ठुलो हुने भएको उदाहारण दिदै सभासद् थापाले भने–हामीले हुकुमको एक्का लिएर वसेका छौ, यदि सहमति हुदैन भने हुकुमको एक्का प्रयोग गरेर देखाउने छौ ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्मा, सभासद् शारदा पौडेल, सभासद् वृन्दा राना मगर, नेपाली काँग्रेस कास्कीका नेता खेमराज पौडेल, महासमिति सदस्य सोभियतबहादुर अधिकारीले बोेलेका थिए ।

नेपाली काँग्रेस पोखरा उपमहानगर पालिका कार्य समितिका सभापति विष्णुहरी बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका उपसभापति क्या.चन्द्रप्रसाद गुरुङले स्वागत तथा सचिवद्धय रामेश्वर मल्ल र धर्मदत्त ढु·ानाले कार्यक्रम सञ्चालन गरेका थिए ।