स्पेनका पर्वतेलीहरु जुट्दै,बृहत भेलाको आयोजना


बार्सिलोना/
स्पेनमा जातीय तथा क्षेत्रीय संगठनहरु दिनानु दिन बढीरहेका बेला पर्बत जिल्लाबासी हरु पनि एक जुट हुने भएका छन्। नजिकैका छिमेकि जिल्लाहरु बागलुङ्ग,म्याग्दी,कास्की,स्याङ्जाको नाम समाज गठन गरिसकेको परीपेक्षमा पर्वत स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरु जुट्न लागेका हुन्।

आगामी अप्रिल २९ तारिक बुधबार बार्सिलोनामा जिल्लाबासीहरुको बृहत भेला तथा परिचायात्मक कार्यक्रमको आयोजना गरिएको गंगाप्रसाद भुसालले जानकारी दिए। तर उनले समाज नै गठन गरेर जाने तय भई नसकेको बताउदै कसरी जान सकिन्छ भेलाले निणर्य गर्ने बताए।

आफ्नो जन्म स्थानमा प्रबासबाट गर्न सकिने सहयोगलाई निरन्तरता दिने,परोपकारी काममा सघाउने लगायत स्पेनमा रहेका जिल्लाबासीलाई आपतबिपत परेको बेला सहयोग गर्ने उदेश्यले भेलाको आयोजना गरिएको बताईएको छ।

साथै स्पेन स्थित संघ सस्था संगठनहरुसँग हातेमालो गर्दै समाजिक कार्यमा जुट्ने बारे पनि जिल्लाबासीहरुले भेलामा छलफल गर्ने भएका छन्।

पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको नेपालको सुन्दर जिल्ला हो। विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले ‘पर्वत’ अन्य जिल्ला भन्दा अगाडी छ।

धौलागिरी अञ्चलका चार जिल्ला मध्येको एक पर्वतको सिमाना कास्की, स्याङ्जा, बाग्लुङ र म्याग्दीसँग जोडिएको छ। ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वत नेपालको चौथो सानो जिल्ला हो |