पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन


काठमाडौं/ पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको छ। भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले बताए।

स्वास प्रस्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारकै क्रममा निधन भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए ।
थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । थापाले शुक्रबार मात्र आन्द्राको सफल सल्यक्रिया भएको थियो ।

धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए ।

पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए । थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन् । उनी बाबुलार्इ लिएर उपचारका लागि दिल्ली गएका थिए । यसैबीच वरिष्ठ नेताको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको छ ।