एनआरएनए ग्रान कनारिया स्पेनमा रेग्मी


स्पेन / एनआरएनए क्षेत्रीय समिति ग्रान कनारिया स्पेनको प्रथम अधिबेसनबाट शेषराज रेग्मी अध्यक्षमा निर्वाचित भएका छन् ।

क्षेत्रीय समिति ग्रान कनारियाको उपाध्यक्षमा केशब रिजाल र केवल घिमिरे, सचिब गगन कुवँर, सहसचिव कृष्णप्रसाद खनाल (बबिन), कोषाध्यक्ष पवनराज भण्डारी र सह-कोषाध्यक्षमा पूजा भण्डारी निर्वाचित भए ।

सदस्यहरुमा रबि बुढाथोकी, गणेश लामिछाने, भरतराज न्यौपाने, अनुराधा श्रेष्ठ, भीमकुमार गुरुङ र समिर सुबेदी चयन भए भने स्पेन केन्द्रीय समितिको अधिबेसनको लागि सल्लाहकार कृष्ण भुसाल र सुष्मा केसीको नाम प्रस्ताव गरिएको छ ।

कार्य समितिको प्रथम बैठकले सल्लाहकारमा दानबहादुर कुवँरको नेतृत्वमा कृष्ण भुसाल, दिपेन्द्र श्रेष्ठ, धनबहादुर पुन , यमप्रसाद गुरुङ र सुष्मा केसीलाई चयन गर्ने निर्णय गरेको छ ।