एनआरएनए स्पेन क्षेत्रीय समिति ग्रान कनारियाको अधिबेशन बारे बिज्ञप्ति


हामी नेपाली हाम्रो नेपालको भाबना सहित मिति २०७१ चैत्र २९ गते तदानुसार १२ अप्रिल २०१५ का दिन एनआरएनए क्षेत्रीय समिति ग्रान कनारिया स्पेनको प्रथम अधिबेसन तथा नब बर्षको शुभकामना आदान प्रदान कार्यक्रम अध्यक्ष श्री शेषराज रेग्मीको अध्यक्षतामा सम्पन्न भयो ।

कृष्ण भुसालले संचालन गर्नु भएको उक्त कार्यक्रममा नयाँ बर्षको सुभकामना सहित स्वागत मन्तब्य संयुक्त रुपमा सल्लाहकार गगन कुवर र बबिन खनालले राख्नु भएको थियो ।

संगठनको प्रगति विवरण उपाध्यक्ष केसब रिजालले प्रस्तुत गर्नु भयो भने गणेश लामिछानले आफ्नो मन्तब्य राख्दै संगठनले गरेका कामहरु प्रसंसा गर्दै आगामी दिनमा त्यसको निरन्तरता लागि लागि रहनु पर्ने कुरामा जोड दिनुभयो ।

प्रमुख अतिथि कुइका पार्टी मोगानका नगरपालिकाका एलकाल्देको प्रत्यासी उमेद्वार फनालिया बोएनो ग्रासियाले आफु यस सस्थालाई परि आउने समस्याको लागि कानुनी ,भौतिक ,आर्थिक या अन्य कुनै पनि सहयोग उपलब्ध गराउन पहल गर्ने बचन प्रतिबद्दता व्यक्त गर्नु भयो ।

कार्यक्रम संचालक कृष्ण भुसालले एनआरएन आइसीसी सदस्य दिपक खरेल, एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी,उपाध्यक्ष अर्जुन आचार्य साथै नेपाली जन-प्रगतिसिल मंचका महासचिब गंगा प्रसाद भुसालले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो ।

कार्यक्रमका अध्यक्ष श्री शेषराज रेग्मीले आफ्नो पहिलो कार्यकाल सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै दोस्रो कार्यकालको लागि पनि सहयोग र सल्लाहको अपेक्षा राखेको छु भन्दै कार्यक्रम समापन गर्नु भएको थियो । शुभकामना आदान प्रदान सहित चियापान कार्यक्रम गर्दै प्रथम अधिबेसनले पुन श्री शेषराज रेग्मीको नेर्तित्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

अध्यक्ष-शेषराज रेग्मी
उपाध्यक्ष-केसब रिजाल,केवल घिमिरे
सचिब– गगन कुवर
सहसचिव-कृष्ण प्रसाद खनाल (बबिन )
कोषाध्यक्ष-पवनराज भण्डारी
सह-कोषाध्यक्ष-पूजा भण्डारी ।
सदस्यहरु -रबि बुढाथोकी ,गणेश लामिछाने ,भरतराज न्यौपाने ,अनुराधा श्रेष्ठ,भिम कुमार गुरुङ र समिर सुबेदी

साथै स्पेन केन्द्रिय समितिको अधिबेसनको लागि सल्लाहकार कृष्ण भुसाल र सुष्मा के.सीको नाम प्रस्ताब गर्ने निर्णय गरेको छ ।

उक्त कार्य समितिको प्रथम बैठकले सल्लाहकारमा दान बहादुर कुवरको नेतृत्वमा कृष्ण भुसाल, दिपेन्द्र श्रेष्ठ,धन बहादुर पुन ,यम प्रसाद गुरुङ र सुस्मा केसीलाई चयन गर्ने निर्णय गरेको छ ।

कृष्ण भुसाल
ग्रान कनारिया स्पेन