दक्षिण अफ्रिका ४ विकेटले हराउँदै,न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा


काठमाडौं /न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै न्यूजिल्याण्ड उपाधि नजिक पुगेको हो ।
न्यूजिल्याण्डले उपाधिका लागि भारत र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

यसअघि टस जितेर पहिले ब्‍याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४३ ओभरमा ५ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो। डि एल नियम अनुसार घरेलु टोलीले २९८ रनको नयाँ लक्ष्य पाएको थियो। इतिहास रच्ने क्रममा न्यूजिल्याण्डले अन्तिम बल बाँकी छँदै विजयी भएको हो।

न्यूजिल्याण्डका लागि ग्रान्ट इलिएटले सर्वाधिक नटआउट ८४ रनको पारी खेले। अफ्रिकाका लागि आक्रमक ब्याटिङ गरेका डेभिड मिलरले १८ बलमा ४९ रन बनाए। यस्तै फाउ डे प्लेसीसले ८२ रनको योगदान दिए। कप्तान एडिभि ब्लेयर्सले ४५ बलमा ६५ रनको पारी खेले।

यसअघि ओपनर हासिम अमला १० क्विन्टन डे कक १४ र रिले रोश्वो ३९ रनमा आउट भए। हालसम्म विश्वकपमा न्युजिल्यान्डले ६ पटक सेमिफाइनलको यात्रा तय गरेपनि फाइनलमासम्म पुग्न सकेको थिएन।