कञ्चनपुरका बाढी पिडितको घाउमा स्पेनबाट मलम


बार्सिलोना ।स्पेनका नेपालीहरुको सहयोगमा कञ्चनपुरका बाढी पिडितहरुलाई राहात बितरण कार्य सम्पन्न भएको छ भिमदत्त नगरपालिका – १३  बडैपुरका १७० घरपरिवारलाई मंगलबार खाद्यान्न बितरण गरिएको हो।भिषण बर्षापछि महाकाली नदिको पानी पसेर स्थानीयहरुकोअन्नबालिको ठुलो क्षति पुगेको स्पेन निवासी व्यवसायी दिनेश गिरीले बताए। 

प्रभावित क्षेत्र कञ्चनपुर पुगेका एनआरएनए आईसीसीका प्रस्तावित सदस्य गिरीले भने, ‘तीन-चार दिनको तयारीपछि हामी श्री सिद्व माध्यमिक बिद्यालयमा नै आएर पिडितहरुका लागि राहत बितरण गरेका छौ। बाढीले उहाँहरुको अन्नबालीमा ठुलो नोक्सान पारेतापनि स्पेनबासीको सम्झना र दुखेको घाउमा मलम लिएर आएका हौ।’उनका अनुसार प्रत्येक परिवारलाई २५ किलो चामाल,३ किलो दाल,१ किलो नुन र १ लिटर तेल बराबरको राहात बितरण गरिएको छ।

 ‘केहि दिन अघि सोहि नगरपालिको अर्को वडामा राहत बितरण गरिएको रहेछ।’ गिरीले भने, ‘आँफूहरुले राहात नपाउदा यहाँका वडाबासी दुखिद रहेछन्। त्यसैले हामीले सही ठाउँ नै छनोट गरिएछ भन्ने लाग्यो। स्थानीयहरुको गुनासोलाई केहि हदसम्म सम्बोधन गर्न सकेका छौ।’

महाकाली नदिको पानि किसानका खेतहरुमा पसेर नष्ट गरिदिएपछि उनिहरु चिन्तित भएको गिरीले बताए। ‘राहत बितरण कार्यमा स्थानीय प्रतिनिधि, बिद्यालय ब्यबस्थापन समिति र प्रहरीले समन्वयकारी भूमिका रह्यो।’ उनले भने। राहत बितरणको संयोजन एनआरएनए क्षेत्रीय समिति पाईसभास्कोमा निर्वतमान सचिव खगेन्द्र बमले गरेका थिए।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य सुनिल रानाभाटको पहलमा स्पेनमा २ लाख ६७ हजार हजार ६ सय ३२ रुपैंयाँ संकलन भएको थियो। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य रानाभाटले समयमा नै रकम संकलन गरेर प्रभावित क्षेत्रमा राहत बितरण सम्पन्न भएकोमा खुशी ब्यक्त गरेका छन्। ‘एक ब्यक्ति विशेषको सहयोग भन्दा पनि स्पेनबासी नेपाली समुदायको नै सहयोग हो। समयमा नै राहात बितरण हुनुपर्छ भनेर नै हामीले पहल गरेका हौ।’ रानाभाटले थपे। 

उत्तर राई, तुलसी गुरुङ,महेश्वर घिमिरे ,यज्ञ नारायण पौडेल (रमेश) , अक्कल बोहोरा, केशबराज कंडेल, दान बहादुर भुजेलको सकृयतामा स्पेनमा विभिन्न क्षेत्रहरुबाट रकम संकलन भएको थियो।

सहयोगदाताहरु 

१)दीप श्रेष्ठ        ~५१ युरो 

२)महेश घिमिरे  ~१५१  युरो 

३) हेमन्त रानाभाट  ~५१  युरो 

४)मुक्त ब. गुरुङ ~१०५  युरो 

५) सुनील रानाभाट~ १०१  युरो 

६) कमल थापा ~२१  युरो 

७)हेम सेर्पा~१०५  युरो 

८)सुरेन्द्र भुजेल~१५१  युरो 

९)यज्ञ नारायण पौडेल-४१  युरो 

१०)केशब राज कंडेल-५०  युरो 

११)अक्कल बोहोरा -५०  युरो 

१२)केदार नाथ ढुंगाना-५१ युरो

१३) दिनेश कुमार गिरी रू १०,०००  

१४) राम कंडेल- २५  युरो 

१५) तुलसी ब. गुरुङ ५१  युरो 

१६)उत्कर्ष प्रसाईं बराल ३५  युरो 

१७) उत्तर कुमार राई ५१  युरो 

१८) बल ब. कार्की   ५५  युरो 

१९) जानु गुरुङ    २५  युरो 

२०) देउकाजी गुरुङ ५१  युरो 

२१) दिनेशराज रेग्मी २५  युरो 

२२)दीपक क्षेत्री २५   युरो 

२३)रितेश श्रेष्ठ १०१  युरो 

२४) मेघनाथ ढकाल २५  युरो 

२५) उपेस थापा २०  युरो 

२६) सुन्दर गुरुङ २१ युरो  युरो 

२७) जन प्रगतिशील मंच, स्पेन (NPPF) २१० युराे

२८) सबिन पोख्रेल २१ युरो 

२९)संदेश पौडेल २० युरो

३०)अनुपसिङ्ग भण्डारी ३१ युरो

३१) पुलेन्द्र देउजा २५ युरो

३२), भिम कुमार श्रेष्ठ २१ युरो

३३) कोशिश राज महर्जन ५० युरो

३४) दान ब. भुजेल ५० युरो