नेपाली जनसम्पर्क समिति स्पेनको नियमित बैठक सम्पन्न


बार्सिलोना/ स्पेनबासी नेपालीहरुको दुख सुख को सारथि बन्दै स्थापनाकाल सन् २००७ देखि बिभिन्न आरोह अबरोह झेल्दै पनि अहोरात्र सेवाभावबाट क्रियासिल स्पेन कै जेठो र जुझारु संस्था नेपाली जनसम्पर्क समिति स्पेन कार्य समितिको बैठक समितिका अध्यक्ष श्री सालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकले सस्थागत हकहित ,सामुहिक नेपालीको हकहित ,तथा समसामायिक विषयबारे चर्चा परिचर्चा तथा छलफल गर्दै बिभिन्न निर्णयहरु गरेको छ। उपसमितिहरुलाई पुर्णता दिन अग्रसर रहने गरि समितिलाई अझै चुस्तता र अग्रता दिन पुनर्गठन गर्ने निर्णय गर्दै रित्पुर्बक आगामी बैठकमा निर्णायक बनाउने गरि राय सुझाब पेश गर्न समितका उपाध्यक्ष श्री बिष्णु रिजाल ,का.बा. महामन्त्री श्री प्रकाश भट्टराइ तथा सदस्य श्री इन्द्र प्रसाद अधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ ।

यस्तै गरि बिगत केहि समय अघि पेरिस दुताबास ले बिभिन्न संघ सस्थालाई दुताबासमा आमन्त्रण गरि गरेको अन्तरक्रिया कार्यक्रमा सहभागी हुनुभएका समितिका भुतपुर्ब सह-महामन्त्री श्री पेशल कोइरालालाई धन्यबाद दिने निर्णय गर्दै महाभूकम्पबाट प्रभावित मातृ भुमिको र आफ्नै नेपाली दाजु भाईहरुको दुखमा सानो भएपनि मल्हम लगाउने अभिप्रायले ज् स स स्पेन तथा अन्य सस्थाले आ-आफ्नो तर्फबाट गरेको राहत अभियानलाइ गैर आबासीय नेपाली संघले गरेको समन्वयकारी भूमिकाको उच्च प्रसंशा गर्दै यो कार्यलाई अभुतपुर्ब सफल पार्न खट्नुहुने सबैमा र सम्पूर्ण नेपालीजन हरुमा हार्दिक आभार प्रकट गर्दै आउने दिनहरुमा पनि मातृ भूमिको बिकाशको लागि सहकार्यमा अघि बढ्न सबैलाई अनुरोध गरेको छ ।

स्थापना काल देखि अहिले सम्म कै इतिहासमा पहिलो पटक प्रकाशन गर्न लागिएको समितिको स्मारिका २०१५ लाई यहि जुन २४ तारिका दिन बिमोचन गर्ने निर्णय गर्दै समिति को कार्यालयलाई निरन्तरता निर्णय गरेको छ । आगामी महिना हुन् गैरहेको एन आर एन स्पेन को अधिबेसनको सफलताको शुभकामना व्यक्त गर्दै समाजसेवा गर्दा आइपर्ने बिभिन्न चुनौती तथा निकाश बारे पनि छलफल भएको थियो ।

बैठकले जुन २० तारिक शनिबार , टिबि टापु बार्सिलोनामा हुने बृहत कार्यक्रममा नेपालीहरुको सहाभागिता सहित बृहत सफल पार्न समितिको तर्फ बाट आबस्यक सम्पूर्ण सहयोग गर्ने निर्णय गर्दै सबैमा सहभागीताको लागि अपिल गरेको छ ।

यस्तै जुलाई १२ तारिकका दिन नेपालीनेपाली डटकमले आयोजना गरेको बिशेष सास्कृतिक कार्यक्रमको सफलताको शुभकामना सहित आबस्यक सहयोग गर्ने निर्णयका साथ सहमति र सहकार्यता आजको अपरिहार्यता भन्दै सामाजिक कार्यको अग्रतामा सबै बिकल्प खुला राख्दै अघि बढ्ने सहमति जनाएको छ।

बैठकको संचालन का.बा. महामत्री प्रकाश भट्टराइ गर्नु भएको थियो भने पूर्ब अध्यक्षज्यु तथा सलाहकार ज्युहरु श्री पुष्पराज भण्डारी ,श्री एकराज गिरी को उपस्थिति रहेको थियो ।

नोट:- जनसम्पर्क समितीले उपलब्ध गराएका निर्णयहरु जस्ताको तस्तै