भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक


काठमाडौं ।  बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया भागरथी भट्टको शव भेटिएको दुई सातापछि प्रहरीले एक किशोरलाई आरोपितको रूपमा बुधवार सार्वजनिक गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रमाण र सन्दिग्धको स्वीकारोक्तिका आधारमा उनलाई सार्वजनिक गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताएका छन्।

घटनाको १३ औँ दिनसम्म प्रहरीको निगरानीमा रहेका उनलाई दुई दिनअघि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। उनी उपर जिल्ला अदालत बैतडीबाट ५ दिन म्यद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।