पर्यटन ब्याबसायी त्रिपाठीद्धारा पोखरा उद्योग वाणिज्य संघको सदस्यमा उमेद्वार


पोखरा । पोखरा उद्योग वाणिज्य संघका ३२ औ महाधिबेशनमा कार्यसमिति सदस्य पदका लागि पर्यटन व्यवसायी कीर्तिबल्लभ त्रिपाठीले उमेद्वारी घोषणा गरेका छन् ।

संघको असोज ५ र ६ गते हुने अधिवेशनका लागि त्रिपाठीले उमेद्वारी घोषणा गरेका हुन् । त्रिपाठी लामो समयदेखि पर्यटन ब्यावसायमा आवद्ध छन् । व्यवसायको साथै विभिन्न सामाजीक सस्थामा आवद्धभई सामाजिक कार्यमा समेत सक्रिय छन् ।

पोखरा अन्र्तराष्ट्रिय विमान स्थल निर्माणसंगै पर्यटकीय पुर्वाधारहरु व्यवस्थित हुनु पर्ने वताउँछन् । उनले गण्डकी प्रदेश पर्यटनको हिसाबले महत्वपुर्ण हुदाँहुदै पनि स्थानीय स्तरमा पर्यटकहरुलाई आवश्यक वस्तुहरुको उत्पादन तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न पहलगर्ने उनको एजेण्डा रहेकोछ ।