शेष घले लाप्राकमा,नमुना बस्तीको अबलोकन


काठमाडौ/ गैर आबासीय नेपाली संघ (एनआरएनए) का निबर्तमान अध्यक्ष शेष घलेले लाप्राक नमुना बस्तीको अबलोकन गरेका छन्। आँफू अध्यक्ष हुँदा भूकम्प पीडितका लागि बस्ती निर्माणको मेगा प्रोजेक्ट घोषणा गरेका घलेले गत अक्टोबरमा कार्यकाल सकिए यता पहिलो पटक लाप्राकको अबलोकन गरेका हुन्।

भूकम्प पीडितका लागि बस्ती निर्माण गर्ने घोषणा गरेका घले आफ्नो कार्यकालमा २५ पटक भन्दा लाप्राक पुगेका थिए। घलेको साथमा पत्नी जमुना गुरुङ पनि सहभागी थिईन्।घले दम्पत्ति सँगै एनआरएनएसचिव जानकी गुरुङ लगायत एनआरएन अभियन्ताहरु लाप्राक पुगेका थिए।

गत अक्टोबरमा सम्पन्न बिश्वसम्मलेन यता गैर आबासीय नेपाली संघका गतिबिधिहरुमा उपस्थिति नदेखिएको घले दम्पत्तिको सक्रियता पुन: देखिएको छ।पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधीन बस्तीका भूकम्पपीडितहरुलाई एनआरएनले चिट्ठामार्फत घर छुट्याई दिएको थियो।

आगामी अक्टोबर एनआरएनए डे सम्ममा ५ सय ७३ वटा नै घर निर्माण गरिसक्ने एनआरएनले जनाएको छ।