नेपालमा अझै लगानी बढाउदै जाने सोच छ- येम कुमार गुरुङ् ( त्रिलोक ), एनआरएन महासचीव पदका उम्मेदवार


नेपालमा बीस करोड लगानीको बायोग्यास प्लान्ट सन्चालन गर्दै र विदेशमा पनि करीब २३०० नेपालीलाइ रोजगारी दिने यी महासचीव पदका उम्मेदवार येम कुमार गुरुङ( त्रीलोक ) संग नेपालीनेपाली डटकमका सम्पादक प्रकाश ढकालले लिएको अन्तर्वार्ता –

तपाइँको एनआरएन अभियानमा सम्लग्नता बारे केही बताइदिनुस न।

म हङकङमा सन् २००५ देखि नै एनआरएन अभियानमा संलग्न रहदै आएको छु। सन २००६ को ऐतिहासीक अधिवेशनमा अध्यक्षको रुपमा चुनीए अनि फेरि पनि दोस्रो कार्यकालमा पनि अध्यक्ष बन्ने सौभाग्य मिल्यो। अनि तत्पस्चात म एनआरएन को अभियानमा सम्लग्न हुँदै आएको छु र हाल आइसीसी सल्लाहकारको रुपमा रहेको छु। एनआरएनएमा काम गर्दै जाँदा के थाहा भयो भने हामीले यस क्षेत्रमा गर्न धेरै बाँकी छ। संस्थालाई विकास गर्दै देशलाई समृद्ध बनाउन बर्तमान कार्यसमितिले ल्याएको योजना भिजन ट्वान्टी ट्वान्टीलाई पूरा गर्न र एनआरएनएले अहिलेसम्म गरेको सबैभन्दा ठूलो लाप्राक परियोजना पूरा गर्न पनि सक्षम र इमान्दार नेतृत्व जरुरी छ। एक हजार घर बनाउने भनिएको छ। लाप्राकमा ४२७ ओटा घर बनाएपछि बाँकी अन्य क्षेत्रमा बनाउने योजना छ। केन्द्रिय भवनको निर्माण कार्य छिट्टै पूरा गर्नुछ।

वैदेशिक रोजगार कल्याणकारी कोषलाई कसरी सदुपयोग गरेर विदेशमा अलपत्र परेकाहरुलाई समयमै सहयोग पुर्याउने भन्ने बारे धेरै काम गर्नुछ। वैदेशिक रोजगारमा जानेहरुलाई निःशुल्क तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न देशमै तालिम केन्द्र बनाउनु छ।

यी बाहेक हामीले उठाउँदै आइरहेको गैरआवासीय नेपालीको नागरिकता निरन्तरताका लागि काम गर्ने र विस्तारै एनआरएनएको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोच छ। नयाँ पुस्तालाई एनआरएनए अभियानमा नजोड्दासम्म हामीले परिकल्पना गरेको सपना पूरा हुन संभव छैन। यी सबै काम पूरा गर्न महासचिव पदमा उम्मेदवारी दिएको हुँ।

हालको तपाइको लगानीमा रहेको हङकङ र मकाउमा रहेको व्यावसाय के सम्बन्धी हो ?

व्यवसाय शुरु हुनु अघी हङकङमा इन्भायरमेन्ट ईन्जिनियरको हैसियतमा ७ वर्षसम्म कन्स्ट्रक्सन फिल्डमा काम गरें। त्यहाँको काम गर्ने तरिका सिकियो, माग र आपूर्तिबारे बुझियो, कम्पनीहरुसँग सम्पर्क बढाइयो। त्यसको बलमा सन् २००३ बाट आफ्नै कन्स्ट्रक्सन कम्पनी खोलेर व्यावसाय प्रारम्भ गरें। हङकङको सबैभन्दा ठूलो मध्येको लिन्थाङ प्रोजेक्टमा मेरो कम्पनीले अहिले एक सय ५५ मिलियन हङकङ डलरको काम गरिरहेको छ।

सन् २००४ मा मकाउमा पनि व्यावसाय विस्तार गरें। अहिले मकाउका अधिकांश होटल–क्यासिनोमा सुरक्षाकर्मी, हाउसकिपर, वेटर, डोरब्वाय मेरै कम्पनीले सप्लाई गरिरहेको छ। मेरो कम्पनीबाट अहिलेसम्म ३ हजार जति नेपाली कामदार मकाउमा गैसकेका छन्।

सन् २००७ मा हङकङको डुब्न लागेको चाइनीज सेक्यूरिटी कम्पनी किनेर तेश्रो व्यावसाय शुरु गरें। अहिले गोर्खा सेक्यूरिटी मज्जाले चलिरहेको छ। मेरो कम्पनी अन्र्तगत अहिले मकाउमा १७ सय जति नेपालीले काम गरिरहेका छन् भने हङकङमा ६५० जतिले काम गरिरहेका छन्।

नेपालमा भएको तपाईको लगानी के मा हो ?

आफु धेरै समय हङकङमा बसेपनि आफ्नो मातृभूमि समृद्ध होस् भन्ने मेरो चाहना हो। त्यसैले मैले हङकङ र मकाउमा कमाएको पैसा नेपालमा लगानी गरिरहेको छु। मैले विदेशमा लगानी गरेको छैन। पोखरामा २० करोडको लगानीमा गण्डकी उर्जा बायोग्यास परियोजना शुरु गरेका छौं। फालिएका फोहोरमैलाबाट उर्जा निकाल्ने यो प्रविधिबाट बायोग्यास उत्पादन हुन्छ। अर्को वर्षदेखि नेपालका अन्य शहरमा पनि यसलाई विस्तार गर्ने योजना छ।

मुस्ताङको कागबेनीमा हावा र सोलारको समिश्रणबाट बिजुली निकाल्ने परियोजना शुरु गर्दैछौं। अध्ययनसँगै सरकारसँग कुराकानी भैरहेको छ। सबै मिल्यो भने छिट्टै अन्तर्राष्ट्रिय कम्पनीहरुसँग मिलेर काम शुरु गर्दैछौं। एउटा चाइनीज कम्पनीसँग एक चरणको कुरापनि भैसकेको छ र उनीहरु सकारात्मक छन्। अर्को हामी १०० मेघावाटको हाईड्रोपावरमा पनि लगानी गर्न गैरहेका छौं।

एनआरएनएमा काम गर्दै जाँदा के थाहा भयो भने हामीले यस क्षेत्रमा गर्न धेरै बाँकी छ। संस्थालाई विकास गर्दै देशलाई समृद्ध बनाउन बर्तमान कार्यसमितिले ल्याएको योजना भिजन ट्वान्टी ट्वान्टीलाई पूरा गर्न र एनआरएनएले अहिलेसम्म गरेको सबैभन्दा ठूलो लाप्राक परियोजना पूरा गर्न पनि सक्षम र इमान्दार नेतृत्व जरुरी छ। एक हजार घर बनाउने भनिएको छ। लाप्राकमा ४२७ ओटा घर बनाएपछि बाँकी अन्य क्षेत्रमा बनाउने योजना छ। केन्द्रिय भवनको निर्माण कार्य छिट्टै पूरा गर्नुछ।

वैदेशिक रोजगार कल्याणकारी कोषलाई कसरी सदुपयोग गरेर विदेशमा अलपत्र परेकाहरुलाई समयमै सहयोग पुर्याउने भन्ने बारे धेरै काम गर्नुछ। वैदेशिक रोजगारमा जानेहरुलाई निःशुल्क तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न देशमै तालिम केन्द्र बनाउनु छ।

यी बाहेक हामीले उठाउँदै आइरहेको गैरआवासीय नेपालीको नागरिकता निरन्तरताका लागि काम गर्ने र विस्तारै एनआरएनएको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोच छ। नयाँ पुस्तालाई एनआरएनए अभियानमा नजोड्दासम्म हामीले परिकल्पना गरेको सपना पूरा हुन संभव छैन। यी सबै काम पूरा गर्न महासचिव पदमा उम्मेदवारी दिएको हुँ।