विद्यार्थीले गियर चलाउदा लेखनाथमा स्कुल बस दुर्घटना, ३२ विद्यार्थी घाइते


– सागर राज तिमिल्सिना

पोखरा/विद्यार्थीलाई घर पुयाउन विद्यालयबाट जादै गरेको स्कुल बस लेखनाथ नगर पालिकाको १२ खुदी स्थित नहरचोकमा दुर्घटना हुदा ३२ जना घाइते भएका छन् भने ५ जना गम्भीर घाइते भएका छन् ।

विद्यार्थी लिएर बेगनासताल जादै गर्दा न्यु लेखनाथ पव्लिक एकेडेमी लेखनाथ ८ शिसुवाको ना३ख ६६४७ नम्बरको बस नहरमा पल्टीएर दुर्घटना भएको हो । दुघटनामा परि दुई शिक्षिका सहित ३२ घाइते भएका हुन् । घाइेत मध्ये ९ जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, ५ जनाको मणिपाल अस्पताल र एक जनाको मेटो सिटि अस्पतलामा उपचार भैरहेको छ ।

सामान्य घाइते भएका १७ जनाको लेखनाथ सामुदायीक अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् । गम्भीर घाइतेहरु कास्कीको लेखनाथ ११ घर भएकी १२ बर्षकी रश्मीता राना मगर, १ कि १० वर्षिया सल्लु सुनार, बर्ष १० कीे समिर नेपाली, बर्ष ९ का विजय दाहाल र शिक्षिका २६ वर्षिय सुस्मिता नेपालीको मणिपाल शिक्षण अस्पतालम उपचार भैरहेको छ ।

त्यसै गरि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार लेखनाथ ११ की २७ बर्षीया शिक्षिका होमकुमारी सुबेदी, वडा नम्बर १२ कि १६ वर्षिया रजनी राना मगर, वडा नम्बर १ का ११ वर्षीय दिपेश सुनार, ८ वर्षका भुपेश सुनार, ७ वर्षिय सचु लामा, ९ बर्षकि दिलिशा सुनार, ११ वर्षकि आयुषा अधिकारी, १२ वर्षका अभिषेक सापकोटा र ११ का आयुष नेपाली उपचार भैरहेको छ । त्यसै गरि लेखनाथ १ की १३ वर्षिया कृति तामाङको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ ।

नहरमा परेका कारण कतिपय विद्यार्थी चोट र पानीले भिजेका कारण अस्पतालमा कामिरहेका थिए । शुक्रबार भएका कारण अन्यदिन भन्दा अगाडी नै विद्यार्थी लिएर जादै गरेको बेला दुर्घटना भएको शिक्षक हरिराज अधिकारीले बताए । उनले करिब ४० जना विद्यार्थी लिएर जादै गरेको बताए । बस चालक लमजुङ जिल्ला गिलुङ ५ घर भई हाल लेखनाथ बेगनासताल बस्ने २८ वर्षिया पञ्च गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

bus-accident

विद्यार्थीले गियर चलाउदा दुर्घटना

लेखनाथमा शुक्रबार भएको न्यु लेखनाथ पव्लिक एकेडेमी लेखनाथको बस दुर्घटना विद्यार्थीले गियर चलाउदा भएको शिक्षिकाले बताएकी छन् । घाइते भै अस्पतलामा उपचार गराइरहेकी शिक्षिका होमकुमारी सुबेदीले चालकको आडमै बसेका विद्यार्थीले बसको गियर चलाउदा दुर्घटना भएको बताइन् । बस विस्तारै नै चलिरहेको बेला विद्यार्थीले गियर चलाए पछि अनियन्त्रीत भएर बस पल्टन पुगेको सुबेदीले बताइन् ।

कक्षा दश सम्म सन्चालनमा रहेको विद्यालयका शिक्षक हरिराम अधिकारीले बताए । उनले सधै झै ४० जना विद्यार्थी लिएर जादै गर्दा दुर्घटनामा परेको बताए । के कारण दुर्घटना भएको हो भन्ने बारेमा आफुलाई थाहा नभएको बताए । विद्यार्थी रजनी राना मगरले कसरी दुर्घटना भएको हो भन्ने बारेमा थाहा नपाएको बताइन् । उलने बस पल्टेपछि मात्रै थाहा पाएको बताइन् ।