पोखरामा घाईते अवस्थामा भेटिएकी लक्ष्मी सुनारको मृत्यू


– सन्देश श्रेष्ठ
पोखरा/

पोखरा–४ पराजुली मार्गमा घाईते अवस्थामा भेटिएकी लक्ष्मी सुनार अधिकारीको मृत्यू भएको छ । आज विहान करीब सवा ४ बजेको समयमा घाइते अवस्थामा भेट्टिएकी सुनारलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो ।

रुपाकोट १ स्थायी घर भई पराजुली मार्गमा डेरागरी बस्ने सुनारलाई आज विहानै प्रहरीको गस्ती टोलीले पराजुली मार्गको बिच सडकमै घाईते अवस्थामा भेट्टाएको थियो । सख्त घाइते सुनारलाई अन्तिम अवस्थामा भेट्टाईएको र तत्कालै उद्धार गरी उपचारको लागि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी केदार रजौरेले जानकारी दिनुभयो ।

यसैबीच श्रीमती सुनारको हत्या गरेको आशंकामा प्रहरीले उनका श्रीमान सोम सुनारलाई पक्राउ गरेको छ । श्रीमती सुनारको हत्या गरेको आशंकामा श्रीमानलाई अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी रजौरेले बताउनुभयो । उहाँले मृतक लक्ष्मीको हत्या श्रीमान्ले नै गरेको प्रहरीको निश्कर्ष भएपछि अनुसन्धान पछि मात्रै थप भन्न मिल्ने बताउनुभयो ।

स्थानियबासीका अनुसार मृतक लक्ष्मीले अन्र्तजातीय विवाह गरेका थिए । विवाहपछि उनको कोखबाट २ छोरी भएपनि श्रीमान अर्कै केटीसँग लागेपछि श्रीमान्÷श्रीमतीबीच राम्रो सम्बन्ध थिएन ।