कोरियामा मनोविद श्रेष्ठले तनाव मुक्त भई सफल जिवान जिउने कला सिकाउँदै


कृष्ण शर्मा – दक्षिण कोरिया दक्षिण कोरियामा नेपाली कामदार हरुको माग बढदो रहेको छ । नेपालीहरूको माग सगै नेपाली युबाहरूमा मानसिक तनाब शारिरीक पिडा महसुस हुने , भाषाको समस्या, कामको प्रकृति बारे थाहा नहुनु, सांस्कृतिक फरकपनका कारणले आत्महत्या गरि मृत्यु हुनेको सङख्या दिन दिनै बढेको छ । मानसिक पिडामा रहेका होनाहार युबाहरू मनोवैज्ञानिक शिक्षाको कमिले आत्महत्या गर्न बाध्य बनेका छन् । यो बिकारल अबस्थामा कोरियामा ” हाम्रो जीवन हाम्रो सोच” कार्यक्रमका कारण धेरै नेपालीहरू ले नयाँ जिबन पाईरहेका छन ।

“हाम्रो जीवन हाम्रो सोच” का निर्देशक उत्प्रेरक वक्ता तथा मनोवीद राज संसार श्रेष्ठले कोरिया लगाएत अन्य देशहरूमा तनाब मुक्त भई सफल जिबन जिउने कला सिकाउँदै आएका छन् । बिगत लामो समय देखि मनोविज्ञानको क्षेत्रमा गहन अध्ययन अनुसन्धान तथा विभिन्न प्रयोगहरु पनि गर्दै आएका श्रेष्ठका अनुसार  कोरियामा मानसिक पिडामा बाँचिरहेका धेरै नेपालिहरू तथा अन्य देशमा रहेका नेपालीहरू यो कार्यक्रममा सहभागी भई जिबनमा जीवन जिउने कला (Art of living), स्वानेतृत्व बिकास(self leadership),अनिद्रा ,एक्लोपना महसुस , मानसिक पिंडा, आत्महत्या को सोच,आत्मबलको कमजोरी ,आत्मग्लानी, डराउने ,नकारात्मक सोच लागायत मानसिक तनाब बाट मुक्त भई जिबनमा खुसि सुखी र सफल जिबन बिताउन सघाउने गर्दछन। श्रेष्ठ जिबनमा Internal Human Mind Software Engineering system विकास गर्नको निम्ति आफ्नो जीवन यसैमा लगाउदै आउनुभएको छ । भने नेपाल , भारत, कोरिया लगायत विभिन्न देशहरुका विभिन्न शहरहरुमा motivational speech, self development seminar ,लगायत स्वानेतृत्व बिकास तथा तनाब ब्यबस्थापन प्रोयोगात्मक प्रशिक्षण”” पनि दिदै आएका छन् । कोरियामा रहेका संघ संस्थाहरूले पनि मनोवैज्ञानिक शिक्षाको कमिले आत्महत्या बढेको औल्याएका छन । यस्ता उत्प्रेरक वक्ता तथा मनोबिद राज संसार श्रेष्ठ कोरियामा नै हुदाहुदै नेपाल सरकार, राजदुताबास, नेपाली संघ संस्था किन माैन छन् । बिदेशमा नेपालीहरू मानसिक तनाब मुक्त रहन सक्ने मनोवैज्ञानिक शिक्षाकाे कमी हाे भनेर नै श्रेष्ठले आफनो व्यक्तिगत अग्रसरतामा समय समयमा कार्यक्रम मार्फत कोरियामा रहेका नेपालीहरुलाई सम्झाउने प्रयास गरेका छन् । काेरियामा नेपालीले बिगतमा पनि धेरैले आत्महत्या गरेका  पाईएको छ । गत फ्रेबुअरीमा दुईजनाले आत्महत्या गरेको तथ्यांक छ ।  मनोबिद श्रेष्ठलाई धेरैं युवाहरुले एक सकारात्मक सोचको प्रवाह गर्न सक्ने व्यक्ति रुपमा चिन्छन् । ईपिएस मार्फत सन् २०११ मा कोरियामा आउनुभएका श्रेष्ठले ४ बर्ष बिताइ सकेका छन । मजदुरीको क्रममा १४/१५ घण्टा कठोर काम गदैं पनि आफुलाई सधैं चिन्ता, तनावमुक्त राख्न सफल र साथीभाइहरुलाई सधैं सकारात्मक सोंच विकास गराउन प्रेरणा पनि दिएका छन् । यसैगरी श्रेष्ठले बिगत दुई बर्ष देखि भने सकारात्मक सोचयुक्त ‘हाम्रो जिबन हाम्रो सोच’ कोरियाबाट प्रसारण हुने अनलाइन भिडियो कार्यक्रम पनि निर्देशन गर्दै पनि आएका छन् । उनले भिडियोमार्फत सल्लाह सुझाव दिएर सुल्झाउने प्रयास स्वरुप कार्यक्रम सञ्चालन गरेका छन् । विशेष गरी जीवनलाई सकारात्मक बाटो तर्फ डोराउन ,व्यक्ति व्यक्तिको सकारात्मक सोच, विचार र प्रतिभाहरु लाई एउटा मञ्च दिन,जीवन जिउने कलाको विकास गर्न ,जीवनलार्इ आनन्दित बनाउन र नबिनतम सोच र खोज ल्याउनको लागि ‘ईन्नर स्क्यानिंग’को धारणा लिएर आफु प्रस्तुत भएको उनि बताउँछन् ।  इन्नर स्क्यानिंग इन्नर टच कार्यक्रममा विश्वको विभिन्न देश नेपाल ,कोरिया ,हंगकंग, मलेसिया ,कतार, दुबाई,साउदी अरब, अस्ट्रेलिया,लण्डन ,अमेरिका , इजरायल लगायतका देशहरुबाट १३००० भन्दा बढी प्रत्यक्ष अप्रत्यक्ष रुपमा यो कार्यक्रममा सामेल हुदै आइरहनुभएको छ भने प्रत्यक्ष रुपमा ७०० जना भन्दा बढी र दैनिक ५०/६० जना सहभागि भई पूर्ण तथा आंशिक रुपमा लाभान्वित हुदै आएको उनको दावी छ । यसैगरी मनोवीद श्रेष्ठले हरेक दिन बेलुका कोरियन समय अनुसार ८.३० बजेदेखि ११ बजे सम्म कार्यक्रम सञ्चालन गदैं अाएका छन् । जो कोहि पनि यस  कार्यक्रममा सहभागी हुन् सक्ने उनले बताए । सहभागी हुन चाहनेहरुले Hamrojiwan1@gmail.com मा इमेल गरी प्रतक्ष सहभागी बन्न सक्ने छन् ।