मेरो बुझाईको बेलायत र रोजगारका सामान्य प्रकियाहरु


– रोजी लाबुड० ( राई )
जती पनि हामी नेपालीहरु बेलायतमा बसोबास गर्दछौं ,हामी सबै रोज़गार कै सिलसिलामा आएका छौं भन्दा फरक नपर्ला। सायद बिरलै छौं होला हामी प्रयटकको रुपमा घुमफिर गर्दै फेरी नेपाल फर्कनेहरु पनि। अध्ययनको लागि आउने नेपालीहरुको पछाडी पनि आखिर कमाउनु नै उदेश्य लुकेको हुन्छ। बिरलै पाइन्छ अध्ययनको लागि नै भनी पढाई सकेपछि स्वदेश फर्कनेहरु पनि। हाम्रो ईच्छा यतै बसौ अझै कमाउ भन्ने लुकेको हुन्छ नै।

एक त हामी नेपालीहरु सँग बेलायतमा बसोबास गर्नको लागी बेरोज़गार भएर संम्भब पनि हुदैन। तर रोज़गार पाउन लाई बेग्लै नियमहरु छन् सबै भन्दा पहिले यहाँ को नेशनल ईन्सुरेन्स नम्बर चाहिन्छ यहाँको भाषा बोल्न बुझ्न सक्ने हुनु पर्दछ। पुलिस रिपोर्ट अनिवार्य छ ,त्यस पछि २/३ जना साक्षी हुनु पर्दछ अनि पॉच बर्ष पहिले देखी बेलायतमा बसेको घरको ठेगाना अनिबार्य छ २ या ३ वटा घरको ठेगाना दिनु पर्दछ। यदि आफुले पहिले काम गरेको प्रमाण भए काम पाउन अलिक सहज पर्छ।

हामी नेपालीले नेपालमा जती नै पढेर आएता पनि आफ्नो योग्यता अनुसारको काम पाउन कठीन अनि असम्भव छ ,चाहे हामीले नेपालमा डक्टर इन्जीनियर नै गरेको किन नहोस् तर सोही काम गर्नु लाई पनि पुनः बेलायतमा २/३ बर्ष त्यसको बारेमा अध्ययन गर्नु अनिबार्य हुन्छ । जब हामी यहाँको तहमा योग्य हुन्छौ अनि मात्र त्यसको दरबन्दीमा चयन हुन्छौं ,नेपालमा जस्तो कुनै अयोग्य ब्यक्ती कहिल्यै पनि बेलायतमा चयन हुन सक्दैन उसको काम अनुसारको तालिम दिएर योग्य बनाईन्छ ,हाम्रो देशमा जस्तो नेता भनौदा,हाकिम भनौदाहरुको भनसुन र घुसपेसमा कहिलै पनि रोज़गारको आशा नराख्दा हुन्छ।

यहाँ सबै कुरा कानुन अनुरूप चल्ने गर्दछ चाहे राजा रानी मन्त्री नै किन नहोस् सबै कानुनको दायरामा हुन्छन् ,यदि हामीले यहाँको सार्वजनिक बिदामा काम गर्यो भने शनिवार आईतबार काम गर्यो भने अरु दिनको तुलनामा बढ़ी रकम पाउने नियम छ यदि हामी बिरामी भयौं भने पनि हाम्रो तलब पाकी रहेको हुन्छ हरेक बर्ष आ-आफ्नो कम्पनी अनुसार बार्षिक २५ देखी ३५ दिन जती बिदा पाईन्छ आफुले पाएको त्यो बिदाको पनि हामी बराबर रेटले तलब पाउने गर्दछौं। हरेक मज़दूरको आफ्नो मासिक तलब अनुरूप मासिक ट्याक्स काट्ने गरीन्छ जब यहाँ बस्ने मानिसहरु पछि गएर बृद्द असक्त हुन्छन् त्यती बेला त्यही मासिक तलबबाट काटेको ट्याक्स पुन: यहाँ बस्ने मानिसहरुको हेरचार पालनपोषण हुने नियम छ।

हामी बिदेसीनै भएता पनि सबै बेलायतबासीहरुको लागि समान नियम कानुन छ। कसैले त नेपाली यस्तो उस्तो भनेर औंला ठडाउने प्रचलन हुदैन ,यहाँ जसले जे काम गरेता पनि तँ सानों म ठुलो भनेर होच्यीयाएर बोल्ने ब्यबहार गर्ने कुरा हुन्न। सबैको काम चाहे जस्तो सुकै होस् एक आपसमा समान रुपले हेर्ने गरिन्छ। प्रायः बेलायतबासीहरु सानों ठुलो नभनी आफ्नो आफ्नो काममा ब्यस्त हुन्छन्। ,१६ बर्ष पुगे पछि केटा केटीहरुले पनि आफ्नो पकेट मनीको लागी पार्ट टाईम काम गर्न पाउने नियम छ। १८ बर्ष नपुगेकोहरुलाई घन्टाको अलिक कम्ती पैसा दिने रेट छ।

हामी जती पनि नेपालीहरु बेलायतमा बसोबास गर्दछौं प्रायः जसो बेलायती सेनामा कार्यरत अनि सेनाबाट अवकाश पाउनेहरुको परीबारहरु बढ़ी मात्रामा भएको जस्तो मलाई लाग्छ। चाहे हामी नेपालीहरु जे जसरी यहाँ बसोबास गरेता पनि हामी सबैको लक्ष्य एउटै भए जस्तो लाग्छ।

स्वदेशमा बेरोज़गारको कारणले रोजगारको शिलसिलामा हामी यहाँ बस्न जिबीका चलाउन बाध्य छौं ,तर मैले १२/१३ बर्ष सम्म देखेको र भोगेको अनुभबहरु अनुसार बेलायतमा हामी नेपालीहरुको लागी सहज अनि हरेक कोणबाट उपयोगी सेना नै ठिक लाग्यो !यदि सेनामा कार्यरत हुनपायो भने हामीले धेरै कुराको सहूलियत पाउन सक्छौ बस्ने घर देखी लिएर बच्चाहरुको भविष्य सँग पनि धेरै लाभदायक अवसर पाउछौं। यदि हामीले सेनामा कार्यरत छौ भने हाम्रो बालबच्चा हरुलाई राम्रो निजी (प्राईवेट ) स्कुल पढाउन सक्छौं बेलायतमा बसेर प्राईवेट स्कुल पढाउने सपना देख्नु कठीन छ प्रत्येक ३ महिनामा एक टम हुन्छ ।प्रत्येक टमको कम्तीमा पनि ५ हजार पाउण्ड देखी दश हजार पाउड शुल्क तिर्नु पर्दछ। यती ठुलो रक़म हामी जस्तो सर्वसाधारणलाई ज्यादै कठीनको रक़म हो। यदि सेनामा कार्यरत भएमा सरकारले ८०/९० % शुल्क तिरी दिने नियम छ त्यसैले बेलायतको सेनामा कार्यरत नेपालीको परिबारलाई सहज छ भन्ने मलाई लाग्दछ।

बुधबारे ५
झापा (नेपाल )
हाल- यु.के