प्रेस बक्तब्य
प्रबासी नेपाली मञ्च स्पेनको फेब्रुबरी,८ तारिक सन् २०१५ मा बसेको कार्यसमितिको दोश्रो नियमित बैठकले संगठनका कामहरुलाई प्रभावकारी बनाउन तेश्रो नियमित बैठकसम्म आफ्नो-आफ्नो कार्य योजनाका साथ उपस्थित हुन सम्पूर्ण विभागका संयोजक र उप संयोजकहरुलाई निर्देशन दिएको छ।
बैठकले संस्थामा अनुशासन सम्बन्धि सचिवालयले गरेको निर्णयलाई सर्वसम्मतिलेअनुमोदन गर्दै आगामी दिनहरुमा संस्थामा आच आउने काम गर्ने जो-कोहीलाई पनि कडा भन्दा कडा कारबाही हुनु पर्नेमा पूर्ण प्रतिबद्धता जनाएको छ । साथै बैठकमा संस्थाको आर्थिक बिभाग सम्बन्धि छलफल भई सो सम्बन्धिमहत्वपूर्ण निर्णयहरु भएका छन्।
साथै आगामी बैठक सम्बन्धि केहि प्रस्तावहरु भएमा निम्न इमेल ठेगानामा उपलब्ध गराउनहुन कार्यसमितीका सम्पूर्ण सदस्यहरुलाई अनुराध गरेको छ।
onfspain@gmail.com
लक्ष्मण शर्मा
महासचिब
प्रवासी नेपाली मञ्च ,स्पेन
नोट:- नेपालीनेपाली डटकमलाई पाप्त बक्तब्य जस्ताको जस्तै प्रकाशित गरिएको हो।