नेपाल पत्रकार महासंघ युरोप शाखामा नयाँ नेतृत्व


वेल्जियम/

सदस्यतामा विवाद भएपछी नेतृत्व चयन हुन नसकेको नेपाल पत्रकार महासंघ युरोप शाखाले नयाँ नेतृत्व पाएको छ। सदस्यतामा विवाद भएपछी नेतृत्व चयन हुन नसकेको नेपाल पत्रकार महासंघ युरोप शाखाले नयाँ नेतृत्व पाएको छ ।

गत सेप्टेम्वर १४ ता वेल्जियममा भएको दोस्रो अधिवेशनमा केन्द्रिय अध्यक्ष डा महेन्द्र विष्ट र महासचिव उजिर मगर सहभागी भएता पनि नयाँ नेतृत्व दिन सकेको थिएन । दोस्रो अधिवेशनमा १७ सदसिय कमिटी गठन गरी छोडिएको थियो ।

लामो समय नेतृत्व विहिन रहेको नेपाल पत्रकार महासंघ युरोप शाखाको वैठक वोलाई नेतृत्व चयन गरी शाखालाई कृयाशिल वनाउन पत्रकार महासंघले निवर्तमान अध्यक्ष महेश थापालाई पत्र लेखेपछी उनले वैठक वोलाएका थिए । सो वैठकमा सहभागी भएकाहरुले सवै विवाद अन्त्य गर्दै नयाँ नेतृत्व चयन गरका छन् ।

संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघ युरोप शाखाका निवर्तमान अध्यक्ष महेश थापाले आफु एक पटक मात्र नेतृत्वमा रहने जनाएका र सोही अनुरुप पुन नेतृत्वमा जान नचाहेपछी तत्कालिन उपाध्यक्ष केजिन राई र ओम शर्माका विचमा नेतृत्वमा प्रतिस्पर्दा भएको थियो । तर दोस्रो अधिवेशनमा सदस्यता विवाद मुख्य विषय रहेपछी निवर्तमान संरक्षक ददी सापकोटाको संयोजकत्वमा तीन सदसिय सदस्यता छानविन समिती वनाइएको थियो । सो समितीले आफनो कार्य शुरु गरेको जनाएको छ ।

नया कार्य समिती निर्माणको लागि वोलाइएको वैठकले निर्वतमान अध्यक्ष महेश थापालाई संरक्षकको जिम्मा दिएको छ । समितीमा वरिष्ठ उपाध्यक्ष लगायत दुइ उपाध्यक्ष र दुइ सचिव राखिएको छ । नयाँ कार्य समिती यस प्रकार रहेको छ ।

शाखाको संरक्षक श्री महेश थापा
अध्यक्ष श्री केजिन र्राई
वरिष्ठ उपाध्यक्ष श्री ओम शर्मा
उपाध्यक्ष श्री योगेन्द्र मिलन छन्त्याल
उपाध्यक्ष श्रीमती अनुराधा पौडेल
महासचिव श्री प्रकाश ढकाल
सचिव श्री महिन्द्रो वाइवा
सचिव श्री हिरालाल श्रेष्ठ
कोषाध्यक्ष श्री प्रेम पोमु

सदस्यहरु

श्री विरमान धर्तीमगर वेल्जियम
श्री शेरवहार छन्त्याल वेल्जियम
श्री निराजन श्रेष्ठ, स्वीटजरल्याण्ड
श्री सोमफूरी शेर्पा, पोर्तुगल
श्री प्रेम परियार, नर्वे
श्री दीपक क्षेत्री, स्पेन
श्री पुष्प वरुवाल, नेदरल्याण्ड
श्री द्रोण रिजाल, नेदरल्याण्ड