– बसन्त रानाभाट
बार्सिलोना /
स्याङ्जा समाज स्पेनको पहिलो अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको छ। स्याङ्जा जिल्ला स्थायी घर भई हाल स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुको समाजले अधिबेशन आयोजना गर्दै नयाँ कार्य समिति चयन गर्न लागेको हो।
यस अघि स्पेनको बार्सिलोनामा सम्पन्न भेलाले वेन बहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन गरेको थियो। नयाँ कार्यसमिति बिस्तारको लागि भन्दै फेब्रअरी १५ तारिकमा पहिलो अधिबेशन गर्न लागेको हो ।
अधिबेशनका सम्पन्न गर्नको लागि स्पेन स्थित संघसस्थाहरुलाई पत्राचार गरिसकेको र उपस्थित भई सहभागिता जनाउन नेपाली समुदायलाई समाजले अनुरोध गरेको छ। समाजले जिल्लाका तिन क्षेत्रका तिन विद्यालयमा गरिब तथा जेहेन्दार बिधार्थीहरुको पहिचान गरि पोशाक तथा सामाग्रीहरु बितरण गर्ने योजना बनाएको छ।
समाजले पहिलो कार्यको रुपमा आगामी ६ महिना भित्र कार्य सम्पन्न गर्ने गरि योजना बनाएको हो । सामाजिक कोषको स्थापना गर्दै थप सामाजिक कार्यमा समेत अग्रसर रहने जनाएको छ । अहिले सम्म कोषमा करिब एक हजार युरो संकलन भईसकेको छ।
तदर्थ समितिका उपसंयोजक हेमन्त रानाभाटले राम नवमीको अवसर पारेर बालबालिकाहरुको लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको नेपालीनेपाली डटकमलाई जानकारी दिए। उनले भने,”१५ बर्ष मुनिका खेलाडीहरुले भाग लिन सक्ने छन्,बार्सिलोनामा मार्च २३ तारिक प्रतियोगिता राखिएको छ सहभागिताको लागि अनुरोध गर्दछौ।”
अधिबेशन हुने स्थल:-
Mount Everest Restaurante
Carrer de Viladomat, 80
08015, Barcelona