टोकियो/ नेपाल पत्रकार महासंघ जापान शाखाको तेस्रो अधिबेशनबाट अध्यक्षमा मोहन घले निर्वाचित भएका छन्। अर्का प्रत्यासी बेलुकाजी थापालाई ८ मतले पराजित गर्दै घले अध्यक्षमा निर्बाचित भएका हुन्। थापा निर्बतमान कार्यसमितिका उपाध्यक्ष हुन् भने घले सदस्य हुन्। पत्रकार महासंघ जापानमा ४६ पत्रकार मध्ये ४२ मत खसेको थियो।घलेले २५ मत र थापाले १७ मत पाएका थिए।
केहि बर्ष देखि जापानमा बस्दै आएका घलेले लामो समयसम्म कास्कीमा रहेर पत्रकारिता गरेका हुन्। उनि नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष समेत हुन्। रेडियो अन्नपूर्ण पोखराको स्थापनाकाल देखि नै एक दशक भन्दा लामो समय उनको पत्रकारिता क्षेत्रमा अनुभव रहेको छ।
सोमबार जापानको राजधानी टोकियोमा सम्पन्न तेस्रो अधिवेशनबाट उपाध्यक्षमा पूर्ण चलाउने र बिनोद सापकोटा बिजयी भएका छन्। यसैगरि सचिवमा ऋतुकुमार दुरा र सह-सचिवमा कुमार मोक्तान सर्वसम्मत चयन भए। कार्यसमिति सदस्यहरुमा आनन्द कोइराला, रबिन्द्र श्रेष्ठ, मुक्ति सुबेदी, निशान मगर, शान्तकुमार पहरी, र रमेश श्रीस मगर निर्वाचीत भए भने संगीता कुंवर सर्वसम्मत महिला सदस्यतर्फ चयन भइन्।
महाधिवेशन सम्पन्न गर्नको नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टको समेत उपस्थिति रहेको थियो।