पोखरा । पोखरा–१७ विरौटामा रहेको होलिल्याण्ड मन्टेश्वरी स्कुलको छैठौ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले मन्टेश्वरी आजका शहरिया व्यस्त अभिभावकको आवश्यकता भएकोले समय सापेक्ष रुपमा मन्टेश्वरीले सुविधा थप्नु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा शैक्षिक सत्र–२०७३ मा सम्पन्न अतिरिक्त एवं शिक्षातर्फ उत्कृष्ठ हुन सफल विद्यार्थीहरुलाई मेडल र पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरुले विविध सास्कृतिक कार्यक्रम र विभिन्न जातजातिको भेषभूषा प्रदर्शन गरेका थिए ।
मन्टेश्वरी लेभल उत्र्तिर्ण विद्यार्थीलाई ग्रयाजुयसन पनि गरिएको उक्त कार्यक्रममा मन्टेश्वरी एशोसियसन कास्कीका अध्यक्ष अरुण शेरचन, थिरबहादुर थापा, प्रेम भुजेल लगायतले वोलेका थिए ।
अध्यक्ष हस्तबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सीपल गोमा कार्कीले विद्यालयको प्रतिवेदन पेश प्रस्तुत गरेकी थिईन्।