नेपाली काँग्रेस कास्कीले पोखरामा बुधबार आमसभा गर्ने, तयारी पुरा


पोखरा – बैशाख ३१ गते हुने स्थानिय तहको निवाचनको मिति नजिकिएसंगै नेपाली काँग्रेस कास्कीले चुनावी अभियानलाई तिव्र पारेको छ । चुनावी अभियान अन्र्तगत बुधबार नेपाली काँग्रेस कास्कीले पोखरामा विशाल आमसभा गर्ने भएको छ ।

काँग्रेस कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि चैत ३० गते चार नम्वर प्रदेशस्तरीय आमसभा गर्ने र त्यसको तयारी पुरा भएको जानकारी दिएको हो ।“ काँग्रेसको नेत्तृवमा शान्ति र संविधान काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान”नारा सहित आमसभा गर्न लागेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले बताए ।

चुनाव केन्द्रीत सभालाई नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले सम्वोधन गर्ने काँग्रेस कास्कीका सचिव सुदिपमोहन भटराईले बताए । सभामा प्रदेश नम्वार चारबाट करिव ५० हजार मान्छे उत्ताने दावी काँग्रेस सभापति केसीले गरे ।‘ कास्की जिल्लामा १२ हजार क्रियाशिल सदस्य छन्, एक एक जना ल्याएपनि २५ हजार हुन्छ तर हामी त्यो भन्दा बढि ५० हजार उत्ताने तयारीमा छौ ।’ आमसभा पोखराको चिप्लेढुङगामा हुने छ ।

सभा अघि पोखराका विभिन्न ठाँउबाट र्याली आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।उनले पोखराको चिप्लेढुङगा नेपाली काँग्रेसका लागी ऐतिहासिक ठाँउ भएका कारण सकडमा सभा गर्न लागेको बताए । ‘वि.पी चोक ऐतिहासिक हो काँग्रेसका लागी, त्यसैले वि.पीलाई साक्षी राखेर स्थानिय तहको निवाचना कास्कीका पाँचै तहमा काँग्रेसलाई जिताउन जनता समक्ष नीति तथा कार्यक्रम प्रष्ट पार्ने छौ ।’ उनले स्थानिय ब्यापारी, सर्वसाधारणलाई पर्ने समस्याप्रति क्षेमा माग्दै आगामी दिनमा सभाका लागी उपयुक्त स्थलको खोजी गरिने तर यस पटक खुल्ला सडकमा गर्ने बताए ।पत्रकार सम्मेलनको संचालन कास्कीका काँग्रेसका प्रचार विभाग प्रमुख नविन सिग्देलले गरेका थिए ।