रामेश्वरी मावि मझेरीपाटनको ५२ वार्षिकोत्सव


पोखरा । रामेश्वरी मावि पोखरा १४ मझेरीपाटनको ५२ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख अतिथि निमित्त जिशिअ दिपेन्द्र ढकालले उद्घाटन गर्दै विद्यालयको प्रशंसनीय उपलब्धि हासिल गरेको कुरा वताउर्दै प्रविधि युक्त शिक्षामा जोड दिनुपर्ने वताए ।

त्यसै गरि पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी प्रमुख नवराज ढुङ्गानाले विद्यालयले व्यवहारिक शिक्षालाई महत्वका साथ अगाडि बढाएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै विद्यालयको उत्तरोत्तर प्रगतिको लागि कामना गरेका थिए।

विद्यालयका प्रअ तुल्सीप्रसाद चापाँगाईले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयलाई उल्लेखनिय योगदान पु¥याउने भुपु शिक्षक अग्नि अधिकारी, नारायण प्रसाद आचार्य, नवराज पराजुली, समाजसेवी वोधराज वराल, शिवराज कँडेल, राम कार्कीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा अभिभावकको तर्फबाट शिक्षाप्रेमी सुवेदार केशरबहादुर गुरुङ, शिबराज कँडेल, पार्वती ढुङ्गाना, वलबहादुर सेन्चुरी, वोधबहादुर कार्की, श्रोत व्यक्ति शिवराज सापकोटा लगाएतले शुभकामना व्यक्त गरेका थिए भने शैक्षिक तथा अतिरिक्त कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुले विभिन्न लोक संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका सल्लाहकार वोधबहादुर कार्कीबाट खेलकुद सामाग्री खरिदको लागि ११ हजार नगद र भुपु विद्यार्थी मनोज रानाभाटबाट खेलकुद सामाग्री प्राप्त भएको विद्यालयका शिक्षक पुर्णदिप सुवेदीले वताए।

पोखरा १८ शुभकामना टोल निवासी मिनबहादुर केसीले स्वर्गिय छोरा हरि केसीको स्मृतिमा एक लाख रुपैयाको अनाथ असाय अक्षयकोष र विद्यार्थी उमा अधिकारी पन्थीले हजुरबुबा दुर्गादत्त अधिकारी र बाबा मनराम अधिकारीको स्मृतिमा एक लाख रुपैयाको जेहेन्दार विद्यार्थी अक्षयकोष स्थापनार्थ विद्यालयलाई रकम हस्तान्तरण गरेका थिए ।

त्यसै गरी भुपु शिक्षिका राधा कार्कीले रोशन कार्की ट्रष्टबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरेकी थिईन ।त्यस्तै शिक्षाप्रेमी रामचन्द्र कुँवर (आर.सी.)ले स्वर्गिय हजुरबुबा डम्बर सिं कुँवर तथा हजुरआमा सेतु कुँवरको स्वर्णिम पुण्यतिथिमा दुई लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक कमलराज ढुङ्गाना र राजुप्रसाद शर्माले गरेका थिए भने स्वागत सहप्रधानाध्यापक डिलसुवा गुरुङले गरेकी थिईन ।