डेनमार्कको नयाँ आप्रवासी नियमबारे परामर्श सम्पन्न


कोपनहेगन । डेनमार्कमा आप्रवासी सम्बन्धी नयाँ नियमहरुको बारेमा जानकारी दिने उद्धेश्यले आयोजीत परामर्श कार्यक्रम हालै सम्पन्न भएको छ । ‘डेनमार्क डबली’ नामक अभियानको संयोजकत्वमा डेनिश वरिष्ठ वकील ओज क्राम्पले उपस्थीत नेपालीहरुको जिज्ञासाको जवाफ दिएका थिए भने नेपालीहरुले आप्रवासी सम्बन्धी नयाँ परिवर्तीत नियम सम्बन्धी परामर्श पनि गरेका थिए ।

Screen Shot 2017-03-08 at 21.39.40डेनमार्कमा आप्रवासी सम्बन्धी नियमहरुमा छिटो छिटो परिवर्तन हुने देशमा पर्दछ । कार्यक्रममा वकील क्राम्पले सहभागी सबैको जिज्ञासाको उत्तर दिएका थिए । उनी अप्रवासी सम्बन्धी कानुनका ज्ञाता र वरिष्ठ वकिल हुन् ।

डेनमार्कमा धेरै विधार्थीहरु भएकोले विधार्थीसंग सम्बन्धीत जिज्ञासाहरु बढी सोधिएका थिए । कार्यक्रमको सहजीकरण रोशन खतिवडाले गरेका थिए ।
नेपालीहरुको हितमा यो कार्यक्रम भएकोले अझ भविष्यमा पनि यस्ता कार्यक्रम गर्ने डबलीका अभियान्ता प्रभात किरणले बताए । डबलीले बेला बेलामा डेनमार्कमा बस्ने नेपालीहरुका लागि  समयोपयोगी कार्यक्रम गर्दै आएको छ ।

 

वकील क्राम्पसंग सहयोगीको रुपमा काम गर्दै आएका पुजन भट्टले बताए अनुसार नेपालीहरुलाई परेको कानुनी समस्याको समाधान गर्नको लागि संधैं तयार रहने क्राम्पसंग पछिल्लो समय धेरै नेपालीहरु उनीसंग परामर्शमा रहेको बताए ।