ओमको ३१ औं शाखा कलंकीमा


पोखरा । विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसंग मर्ज हुदैं आएको ओम डेभलपमेन्ट बैंकले आफ्नो ३१ औं शाखा काठमाण्डौको कलंकीमा विस्तार गरेको छ ।

उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले उद्घाटन गर्दै बैंकहरुले जनताको घरघरमा गएर सेवा दिनु पर्ने वताएका थिए ।

बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको बैंकका अध्यक्ष सुशिल कुमार गोशलीले वताए ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि बैंकको शाखा ४२ वटा हुने, १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने वताए ।

बैंकले आर्थिक बर्ष २०७३ पौष मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरि २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको थियो ।