आज बुधबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा मंगलबार सप्तरीसहित मधेसका विभिन्न जिल्लामा दिनभरजसो तनाव भएको समाचारले स्थान पाएको छ । त्यस्तै, सोमबार भएको झडपमा तीन जनाको मृत्यु भएपछि सप्तरीको मलेठ गाउँ स्तब्ध भएको समाचारले पनि प्राथमिकता पाएको छ ।
यससँगै नयाँ पत्रिका दैनिकले चीनबाट लगातार उच्चस्तरीय टोली नेपाल आइरहेको समाचारलाई महत्वका साथ छापेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतलाई ‘हस्तक्षेप भए काम गर्न नसकिने’ जवाफ दिएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले प्राथमिकता दिएको छ ।
नेपाली कांग्रेस विधिविहीन बन्दै गएको भन्दै नागरिक दैनिकमा समाचार छापिएको छ ।
सप्तरीमा एमालेका शीर्ष नेताहरुको सामुहिक हत्या प्रयासको भनी एमालेले बताएकोलाई राजधानी दैनिकले मुख्य समाचार बनाएको छ ।