काठमाडौं । राजनीतिक दलका नेता र कर्मचारीसहित सरकारले २१ राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सत्तारुढ दलको भागवण्डामा राजदूत नियुक्त गरेको हो । परराष्ट्र मन्त्रालयका ८ कर्मचारी राजदूत बनेका छन् भने बाँकीमा राजनीतिक भागवण्डा भएको छ ।
चीनका लागि राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सिफारिस भएका छन् । एमाले नेता पाण्डे अघिल्लो सरकारमा परराष्ट्रमन्त्री थिए । युवराज कार्की दक्षिण कोरिया, नारद भारतद्धाज श्रीलंका र डा. शिवमाया तुम्वाहम्फे इजरायलका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।
यस्तै एमाओवादीको तर्फबाट लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । पदम सुन्दास बहराइनका लागि राजदूतमा सिफारिस भएका छन् । पूर्वमन्त्री निरन्जन थापा रसियाका लागि राजदूत सिफारिस भएका छन् । उनी राप्रपा नेपालका नेता हुन् ।
युवनाथ लम्साल डेनमार्क, डा. खडग केसी जापान, भरतबहादुर रायमाझी यूएई, महेन्ऽ सिंह कतार, खगेन्द्र बस्नेत बंगलादेश र अलिअख्तर मिकरानी सउदी अरेवियाका लागि राजदूत सिफारिस भएका छन् ।
बेलायतका लागि परराष्ट्रका दुवसु क्षेत्री, प्रकाश सुवेदी अष्ट्रिया, रमेश खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, सेवा लम्साल अधिकारी पाकिस्तान र लोकबहादुर थापा बेल्जियमका लागि राजदूत सिफारिस भएका छन् ।
त्यस्तैगरी परराष्ट्रका ऋषि घिमिरे म्यानमार र तारा पोखरेल ब्राजिलका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।
राजदूतहरू
महेन्द्र बहादुर पाण्डे–चीन
डा. निरन्जन थापा– रसिया
लक्कि शेर्पा – अस्ट्रेलिया
दुर्गाबहादुर सुवेदी – बेलायत
डा. खडग केसी –जापान
लोकबहादुर थापा –बेल्जियम
सेवा लम्साल अधिकारी –पाकिस्तान
युवनाथ लम्साल –डेनमार्क
प्रकास सुवेदी – अस्ट्रिया
युवराज कार्की – दक्षिण कोरिया
भरत बहादुर रायमाझी – यूएई
महेन्द्र सिंह – कतार
खगेन्द्र बस्नेत बंगलादेश
नारद भारतद्धाज – श्रीलंका
ताराप्रसाद पोखरेल– ब्राजिल
पदम सुन्दास बहराइन
रमेशप्रसाद खनाल–जर्मनी
अलिअख्तर मिकरानी – सउदी अरेविया
डा. शिवमाया तुम्वाहम्फे – इजरायल –