पुर्णबहादुर झ्यापुमाया रानाभाट छात्रवृत्ति अक्षयकोष स्थापना


कृष्ण रानाभाट/पोखरा ।

स्याङ्जा भाटखोला ५ चारघरे, लोलासरी पुरानो घर भइ हाल पोखरा ९ दरबारथोक न्युरोड निवासी पुर्णबहादुर रानाभाटका सन्तानले बुबा आमाको नाममा एक लाख दस रुपैयाँको पुर्ण बहादुर झ्यापुमाया रानाभाट छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषका अध्यक्ष महादेव रानाभाटको अध्यक्षतामा सोमबार बसेको पहिलो बैठकले कोषबाट प्राप्त रकम संचालन गर्न विभिन्न निर्णयहरु पनि गरेको छ।

जस अनुसार भाट समाजद्वारा संचालित पबित्र बचत तथा ऋण सहकारी संस्थामा खाता खोल्ने, पुर्णबहादुर र झ्यापुमायाबाट जायजन्म भएका र उनका सन्तानलाई सदस्य बनाउने लगाएतका निर्णय गरिएको सचिब कृष्णबहादुर रानाभाटले बताए ।
पुर्णबहादुर रानाभाटको एक हजार चन्द्र दर्शन चौरासी पुजाको दिन माघ १० गते बुबा पुर्णबहादुर र आमा झ्यापुमायाको नाममा जनही ५० हजार पाँचका दरले एक लाख दस रुपैयाँको अक्षयकोष स्थापना गरिएको र कोषको ब्याजबाट प्राप्त रकमले भाटखोला–६, पारिकोवारीमा रहेकोे जनप्रिय उच्च माविमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक बर्ष छात्रवृत्ति वा शैक्षिक सामाग्री प्रदान गर्ने कोषाध्यक्ष बुद्धिबहादुर रानाभाटले बताए ।

अक्षयकोषलाई व्यबस्थित रूपमा संचालन गर्न अध्यक्ष महादेव रानाभाट, सचिव कृष्णबहादुर रानाभाट, कोषाध्यक्ष बुद्धिबहादुर रानाभाट, सहकोषाध्यक्ष हुमबहादुर रानाभाट र सदस्यहरुमा निरु रानाभाट, बिमला रानाभाट, शर्मिला रानाभाट र आरति रानाभाट रहेको एक अक्षयकोष संचालक समिति गठन गरिएको छ ।