बार्सिलोना/ यूरोपबाट संचालित अनलाईन तथा छापा पत्रिका नेपाली वेभले फागु पुर्णिमाको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। फागु पर्बको अवसर पारेर मिडियाले नेपाली समुदाय माँझ शुभकामाना आदानप्रदानको कार्यक्रम सम्पन्न गरेको हो।
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य तथा स्पेनखबर डटकमका प्रधान- सम्पादक दीपक क्षेत्रीले गरेका थिए। नेपाली वेभका युरोप संयोजक भोला लामिछानेले संचालन गरेको उक्त कार्यक्रममा स्पेन स्थित संघ सँस्थाका प्रतिनिधि लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो।
कायर्क्रममा एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, उपाध्यक्ष जानुका रेग्मी खनाल,स्पेनमा रहेकी जेष्ठ नेपाली नागरिक प्रेम कुमारी भुसाल,प्रबासी नेपाली मञ्चका अध्यक्ष दिनेश गुरुङ,नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगाप्रसाद भुसाल, नेपाली जनसम्पर्क समिति स्पेनका कोषाध्यक्ष मुकेश क्षेत्री, एनआरएनए महिला फोरम स्पेनकी संयोजक सिता सिंह,तमु समाज स्पेनका महासचिव बेलकाजी गुरुङ,स्याङ्जा सहयोग समाज स्पेनका अध्यक्ष बेन बहादुर गुरुङ( बिमल),कास्की सेबा समाजका महासचिब बिशाल ढुंगाना,पुर्बेली नेपाली एकता समाज स्पेनका महासचिव रन्जन वस्ती, अन्तराष्ट्रिय कलाकार मञ्च स्पेनका महासचिब डिक कार्की,अन्तराष्ट्रिय कलाकार समाज स्पेनका उपाध्यक्ष सन्जय बिक्रम शाह,दिप दर्शन शान्ती अभियानका अभियन्ता दिपक प्रसाद कोईराला लगायतको उपस्थिति रहेको थियो।
एनआरएनए स्पेनको कार्यलय बार्सिलोनामा मंगलबार सपन्न कार्यक्रममा सहभागीहरुले एकआपसमा रंग लगाएर खुशियाली मनाएका थिए।
युरोप यात्राको आएका प्राण मुन्दी ब्याण्डका सदस्य प्रताप केसी, मनोज गौतम लगायत स्पेनिस नागरिकहरु समेत रंग सँगै होलि खेल्दा बार्सिलोनाको वातावरण रंगिन बनेको थियो।