भाट समाज अछाममा लक्षीराम, बाजुरामा मदन


पोखरा । भाट समाज नेपालको केन्द्रिय तेस्रो अधिवेशनको लागी सुदुर पश्चिमाञ्चलका जिल्ला तथा क्षेत्रीय समितिहरुको नयाँ कार्य समिती गठन भइरहेकोे छ ।

भाट समाज नेपाल अछाम जिल्ला कार्य समितिको हालै सम्पन्न अधिवेशनले लक्षीराम भाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

त्यसै गरि भाट समाज नेपाल बाजुरा जिल्लाको अधिवेशनले मदन भाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

२०४७ सालमा रानाभाट सेवा समाजको नाममा स्थापना भएको भाट समाज नेपाल २०६५ साल पछी पुनः सक्रिय भएको थियो । भाट समाज नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिको पहलमा २०६८ साल बैशाख २ र ३ गते दोस्रो महाधिवेशन पोखरामा सम्पन्न भएको थियोे । उक्त महाधिवेशनमा देशभरबाट हजारौंको संख्यामा भाट बन्धुहरु भेला भएका थिए ।

अब सो समाजको तेस्रो महाधिवेशन कैलालीको धनगढीमा यहि बैशाख ३ र ४ गते हुने केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाटले बताए ।