काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सशांक कोइरालाले आगामी १३ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । अहिलेको नेतृत्वमा स्पष्ट विचार र धारणा नभएको भन्दै उनले आफूसँग पार्टी हाँक्ने क्षमता रहेको दावीका साथ् उनले पार्टी सभापतीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
हाल शुशिल कोइराला र शेर बहादुर देउवा बीच साठी-चालिसको भागबण्डाको राजनिती भएकोले दुवैलाइ मिलाएर लैजान सक्ने क्षमता आफुमा भएको दावी उनले गरे पनि शशक्त आधार भने उनीसंग छैन । केन्द्रिय सदस्य मात्र रहेका उनको सभापती लड्ने घुर्की महामन्त्री बन्नको लागि मात्र वार्गेनिङ्ग गरेको धेरैको बुझाइ छ । तर महामन्त्री बन्न पनि उनलाई त्यति सजिलो भने छैन ।