बिदेशिनु रहर हैन “बाध्यता”


– रोजी लाबुङ् ( राई )
प्रायः जसो हामी सबै नेपालीहरु बिदेशीने प्रचलन भनौं या बाध्यता छ ,कमै मात्रामा होलान् रहरले अनि बिदेशको रहन सहन कस्तो हुदो रहेछ भन्ने मनसाय लिई बैदेशीक जिवनको अनुभव लिनलाई आउने, हामी नेपालीहरु धेरै जसो बाध्यताले नै बिदेशीने गर्दछौं।  जब नेपालीहरु बिदेशिन्छन् धेरै जसोले बिदेशमै पलायन हुने सोच बनाउने गर्दछन् ,तर यो सब रहरले अनि आफ्नो देश मन नपरेर हैन, बास्तबमा भन्नु हो भने भौगोलिक प्राकृतिक बनौंट अनुसार हाम्रो देश नेपाल कति सुन्दर अनि मनमोहक छ। बयान गर्ने कुनै शब्द छैन नत कापीका पानाहरुमा समेटेर पङ्ति बद्दरुपमा लेखेर नै भर्न सकिन्छ ,हाम्रो सुन्दर जननी प्यारो मात्तृभुमी नेपालको !

बिदेशमा हामी जतै गए पनि प्रायजसो जती नै सुन्दर मनमोहक भए पनि सबै कृत्रिम बनावटी सौंदर्य ले सजीएका छन् हाम्रो देश आफैमा कति सुन्दरताले भरपुर छ हामी सबै नेपालीहरु लाई थाहा भएकै कुरा हो ! त………र पनि हामी यति सुन्दरताले भरपुर भएको मनोरम आफ्नो मात्तृभुमीलाई चट्क्क माया मारेर बिदेशी भुमीमा आफ्नो जिवनको यात्रा अगाडी बढाउदै कर्म थलोमा परिणत गरी जिवन यापन गर्न बिवस हुन्छौं।
नेपालमा भएको बास्तबीकता नै ज्यादै असहनीय अनि अराजकता किसीमको छ ! बिशेष गरी यी कुराहरुले गर्दा नेपालीहरु बैदेशीक मोहमा आकृष्ट हुनछन् ,नेपालको अस्थिर राजनीतिक ,लक्ष हिन नेता हरु को मनोमानी नियम कानुन मा भेदभाब ,समाजिक असमानता ,आर्थिक कमोजोरता ,अमार्ग दर्शन शिक्षा ,स्बास्थ्यमा अयोग्य चिकित्सक हरुको लापारबाही ,अबैधानीक मुल्य मान्यता ,धरातलीय भौंगोलीक बिखण्डता ,अनावश्यक बैचारीक अखण्डता ,काम अनि योग्यता अनुसारको न्युन तलब भत्ता ,धन जनको असुरक्षा ,यि सबै मुख्य जर्जरता को बिशेष कारण हुन बिदेशी भुमीमा पलायन हुन चाहानुको कारणहरु।

मानिस समाजिक चेतनशील प्राणी भएको नाताले उ जहिलै पनि आफ्नो लागी सरल सुलभ सहज अनि सुख र खुसी सान्ती सुरक्षा स्वास्थ्य लाभको मार्ग खोजी रहेको सोची रहेको हुन्छ जहाँ उसले त्यो पाउँछ त्यतै तिर लम्कीरहन्छ त्यसैमा तल्लीन रहन्छ अरु अमुर्त सर्तहरु उसमा केही हुदैन र यो हुनु पनि स्वभाविक जस्तो लाग्छ मेरो सोचाई अनि भोगाई हरुमा। हाम्रो देशमा केबल नाताबाद ,कृपाबाद ,पुँजीबाद ,दौलत ,ठुलठुला पदमा रहेका ब्यक्तीत्वहरु, नेता ,भ्रष्टचारी हरु ,जाली फटाहहरु त्यस्तो हरुको लागी मात्र सबै सुविधा हरु उपलब्ध हुने गर्दछ ,हाम्रो देशमा कहिले पनि योग्य दक्ष राम्रो मान्छेको ज़रूरत हुदैन ,सबै तिर घुसपैठ आफ्नो नातेदार त्यस्तोमा बिक्ने निर्भर हुने प्रथा छ ,सभ्य धनबान ठुलाबडा हाकिम नेता उच्चपदस्पहरु नेताहरुको आफन्तहरुको लागी सबै कुरा सहज सरल अनि सुरक्षा सबै आवश्यक कुराहरुमा भरपुर हुन्छन्।

हामी जस्तो ग़रीब ,निमुखा ,पिछडिएका ,अशिक्षित ,हरुको लागी नत राम्रो शिक्षा सुस्वास्थ सुरक्षा रोज़गार को नै राम्रो सुबीधा ब्यबस्था कानुन छ। जो हामी जस्तो सर्वसाधारण को लागी परीधीमा अल्झाउने नियम कानुन छ तर जो नेता हाकिम धनाढ़्य उच्चपदआधिकरी हरु छन् उनीहरु को लागी जतीनै ठुलो अपराध गरेका किन नहोस् कुनै नियम कानुन ले छुदैन। कसलाई रहर हुन्छ र ? आफ्नो सबै घर परीबार हरु लाई छोडेर अर्काको देशमा ग़ुलामी हुन तर के गर्ने जेजस्तो भए पनि अाफनत हरुले केही आवश्यक सुबीधा पाउने मनसाय अनि उद्देश्य बोकी बाध्य हुने गर्दछन् बैदेशीक यात्रामा तल्लीन रहन पलायन हुन।

जस्तै भएनी स्बतन्र भएर बस्न त पाईन्छ बिदेशमा सबै मान्छेको लागी समान हकअधिकार नियम कानुन त छ त्यसैले धेरै कुरामा स्वतन्त्रता स्वाधीनता सुरक्षा को सास फेर्न अनुभव गर्न पाईन्छ।  बिदेशी भुमीमा आफ्नो हक़ अधिकार मानबताको एउटा प्रमुख आचरण अनि स्बतन्न्रताको शिक्षा लिन सकिन्छ एक ज़िम्मेबार नागरिक बनेर यी कुनै सुबिधाहरु हाम्रो देशमा उपलब्ध छैन हामी जस्तो सर्बसाधारण हरुको लागी।
यस्तै धेरै कारण असमानता अनि बिभितताले गर्दा नेपाली हरु बैदेशीक भुमीमा प्राबासी जिवन विताउने बढ़ी चाहाना राख्ने गर्दछन्।
बुधबारे -५
झापा नेपाल
हाल बेलायत