बाइसीएलको ‘भाटे जुलुस’ प्रति गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण


काठमाडौं/ नेकपा एमाओवादी नेतृत्वमा रहेको ३० दलीय गठबन्धनले मंगलबार राजधानीमा निकालेको जुलुसमा प्रयोग भएको बाँसको भाटा प्रति गृह मन्त्रालयले गम्भिर ध्यानाकर्षण जनाएको छ ।

गृह मन्त्रालयद्धारा बुधबार जारी प्रेस विज्ञप्तीमा भाटाको प्रयोगले सर्वसाधारण आंतकित भएको उल्लेख छ ।

जनप्रदर्शनको नाममा कानून हातमा लिई जनजीवनलाई आतकिंत पार्ने कार्य गैरकानुनी भएको र कोही कसैबाट त्यस प्रकारको क्रियाकलाप गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

एमाओवादी गठबन्धनका कार्यकर्ताहरुले हिजो बाँसको लाठा सहितको जुलुस निकाल्दा राजधानी काठमाडौंको ट्राफिक व्यवस्थता अस्तव्यस्त भएको थियो । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना लाठाधारी युवाहरुलाई प्रहरीको लाठीसँग नडराएर प्रतिकार गर्न आदेश समेत दिएका थिए ।

home-ministry-statememt-about-YCL-march-pass