बार्सिलोना/
नेपालीनेपाली डटकमको पहलमा भएको बलबहादुर गुरुङ सहयोगार्थ रकम संकलन अभियानमा अहिले सम्म १ हजार ७ सय ११ युरो संकलन भएको छ। स्पेनबाट संचालित अनलाईन मिडियाले आफ्नो पहिलो प्रयास स्वरूप गुरुङको सहयोगार्थ रकम संकलन गरेको हो।
आईतबार सस्थागत रुपमा चितवन समाज स्पेनले ६१ युरो,तमु समाज स्पेन ५५ युरो र स्याङ्जा सहयोग समाज स्पेन ५१ युरो सहयोग गरेका छन्। यस्तै बेन बहादुर गुरुङ ( बिमल) ३१ युरो,रोशन बहादुर गुरुङ २१ युरो, सरु गुरुङ १५ युरो सञ्जु मास्के १५ युरो,युबराज गुरुङ १४ युरो ,ताल प्रसाद गुरुङ १० युरो, भक्त बहादुर गुरुङ १० युरो र धन बहादुर गुरुङले ५ युरो सहयोग गरेका छन्।
यस्तै नेपालीनेपाली डटकमको अभियानमा साथ दिदै कास्की सेबा समाज स्पेनले (सस्थागत र कार्यसमिति सदस्यहरुबाट गरि ) २ सय ५२ युरो र प्रबासी नेपाली मन्च स्पेनले ५१ युरो प्रदान गरेको छ । बाकि रकम स्पेनबासि नेपालीहरुले व्यक्तिगत रुपमा गरेको सहयोगबाट जुटेको हो ।
कास्की चापाकोट,धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको उपाचारको लागि स्पेनमा रकम संकलन कार्य अझै जारी रहेको छ।
गुरुङका भान्जा बेलकाजी गुरुङले समाचार अपडेड गरि रकम संकलन गरिरहेको नेपालीनेपाली डटकम, सहयोग गर्ने संघ सस्था लगायत सहयोग दाताहरुलाई धन्यबाद ब्यक्त गरेका छन्।
नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले सहयोग अभियानमा साथ दिने संघसस्था र नेपाली समुदाय प्रति आभार प्रकट गरेका छन्। उनले भने,” यति धेरै रकम उठ्छ भन्ने सोचेका थिएनौ,हामीलाई समुदायले नै साथ दियो र बिरामीलाई रकम जुटाउन सक्यौ, अब सबैको कामना छ गुरुङको मृगौला प्रत्यारोपण गर्न सकियोस्। ”
संकलन भएको रकम एनआरएनए स्पेनको रोहोबरमा हस्तान्तरण गर्ने नेपालीनेपाली डटकमले जनाएको छ । आगामी मंगलबार संकलित रकम बुझाइने हुदा सोही समयबाट रकम संकलनको कार्य औपचारिक रुपमा बन्द गरिने भएको छ।
गुरुङको उपाचार गरिरहेका चिकित्सकका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने र करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने हुदा, आर्थिक अभाबका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबार नै आर्थिक संकटमा परेको छ। गुरुङको परिवारमा श्रीमती,२ छोरा र २ छोरी रहेका छन्।
गुरुङको सहयोगको लागि सहयोग समिति गठन गरि बेलायत,जापान,हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्। सहयोग गर्न ईच्छुक दाताहरुले बल बहादुर गुरुङको नबिल बैक पोखराको खाता नम्बर १२१००१७ ५०४ १११ मा जम्मा गर्न सकिने पारिबारिक स्रोतले जनाएको छ।
नेपालीनेपाली डटकमले यो अभियानलाई पूर्णरुपमा साथ दिदै समाचार अपडेडलाई निरन्तरता दिई रहेको छ। रकम संकलन कार्यमा साथ दिदै अहिले सम्म सहयोग गर्ने यसप्रकार रहेको छ।
नोट- सहयोग गर्न चाहनेहरुले बेलकाजी गुरुङ (६०२०१०३६८) वा नेपालीनेपाली डटकम (६३२५२२७२९) मा सम्पर्क गर्न सक्नु हुनेछ।
यो पनि पढ्नु होस् बलबहादुर उपाचारर्थ सहयोगमा नेपालीनेपाली डटकमको पहल किन ?
बेल काजी गरुङ्- ५१ युरो
शालिक राम डुम्रे – ३५ युरो
देउ काजि गुरुङ/ज्योती गुरुङ -३१ युरो
हिमाली रेस्टुरेन्ट- २५ युरो
बसन्त रानाभाट – २० युरो
अजय लोप्चन – २० युरो
सुनिल रानाभाट- २० युरो
लक्ष्मण शर्मा – २० युरो
नबिन गुरुङ – २० युरो
दीपा गुरुङ – १० युरो
केशब शाही – ५ युरो
राजेश गुरुङ ( बिर बहादुर) – ५० युरो
प्रितम गुरुङ – ५० युरो
सन्तोष श्रेष्ठ – ३१ युरो
पुष्कर कार्की – २५ युरो
रबिन गुरुङ – २१ युरो
कुमार गुरुङ – २० युरो
बसन्त थापा – २० युरो
तुलसी रिजाल – १० युरो
पासङ् शेर्पा – १० युरो
जिग्मे शेर्पा – १० युरो
हेम प्रसाद पाण्डे – १० युरो
तारानाथ ढल्लाकोटी – ५५ युरो
ओमर बहादुर गुरुङ ( ओला नेपाल)- ५१ युरो
नेपाल ग्रामेन्ट बार्सिलोना – २० युरो
हेमन्त रानाभाट – २० युरो
भोला लामिछाने – १० युरो
राजु थापा मगर – १० युरो
(कास्की सेबा समाज स्पेन- २सय ५२ युरो )
सस्थागत- १०१ युरो र बाकि
दिलनाथ भण्डारी(अध्यक्ष) – ५६ युरो
,कुमार गुरुङ -२५ युरो
सुरेश भण्डारी -१० युरो
कृष्ण राज धमाला -१० युरो
पुष्प केसी -१० युरो
कमल प्रसाद अधिकारी -१० युरो
राजेन्द्र कडेल -१० युरो
बिशाल ढुंङ्गाना -१० युरो
जित बहादुर कुमालले -१० युरो
प्रबासी नेपाली मन्च स्पेन(सस्थागत) – ५१ युरो
दिनेश राज रेग्मी १० युरो
दिनेश गिरी ११ युरो
शिब लामिछाने ३५ युरो
एक राज गिरी २१ युरो,
हेमन सिंह गुरुङ २० युरो
बल बहादुर कार्की १० युरो,
तुलसी शिवाकोटी १० युरो,
पुरुषोत्तम भट्टराई १० युरो
शितल भुर्तेल,भुसाल/जीबन भुसाल -३५ युरो
तिलक कार्की (नमस्कार रेस्टुरेन्ट) -२५ युरो
पुष्प राज तिमिल्सिना -२१ युरो
एक राज भण्डारी (राजु)- २० युरो
बिनिता रेग्मी (कासा नेपाल) – २० युरो
भुवन कटुवाल – २० युरो
ताराजंग गुरुङ – २० युरो
हरी सुबेदी – १५ युरो
रबी पाण्डे – १५ युरो
केदार ढुंगाना – १० युरो
कालु जिरेल – ५ युरो
महेश्वर कडेल – ५ युरो
दिपक खरेल – २५ युरो
मुक्त बहादुर गुरुङ – २१ युरो
रबि श्रेष्ठ -१५ युरो
सुन्दर ट्बाटी -१५ युरो
दिपक प्रसाद कोईराला (दिप दर्शन) – १० युरो
माया सिंह तामाङ् – १० युरो
करण तनवार (भारतीय नागरिक) – ५
तमु समाज स्पेन सस्थागत -५५ युरो
चितवन समाज स्पेन -६१ युरो
स्याङ्जा सहयोग समाज स्पेनले -५१ युरो
बेन बहादुर गुरुङ ( बिमल) -३१ युरो
रोशन बहादुर गुरुङ – २१ युरो
सरु गुरुङ – १५ युरो
सञ्जु मास्के -१५ युरो
युबराज गुरुङ – १४ युरो
ताल प्रसाद गुरुङ – १० युरो
भक्त बहादुर गुरुङ – १० युरो
धन बहादुर गुरुङ – ५ युरो







सम्पूर्ण सहयोग गर्ने महानुभाबहरुलाई जरुरि सूचना
बलबहादुर उपचारको लागि नेपालीनेपाली डटकमले १३ सय युरो जुटायो, सहयोगको क्रम जारी।।।।
मेरो नाम गोकर्ण त्रिपाठी घर पोखरा हाल जर्मनीमा बल बहादुरको सहयोगी मित्र।
यी बलबहादुर गुरुंगलाई म इस्बिसमत १९८५ देखि राम्रोसंग चिन्दछु, जुनबेला म बिद्यार्थी र होटेलमजदुर थिए यी गाडीचालक। केहि समय पछि म होटेलसंचालक अनि यी त्रावेल एजेन्सी संचालक। १९९२ मा म युरोपतिर लागे यी पोखरामै रहे. होटेल र त्रवेल संचालक भएको कारणले हमीबिच्मा ब्यापारिक सम्बन्ध का साथै बासस्थान नजिक भएकोले परिवारमा आउने जाने पनि भयो. यी बलबहादुर संसारकै उत्कृस्ट ठग, बैमान, फटाहा भए पनि यिनका परिवार संसारकै सोझा, सज्ज़न, मायालु थिए, जस्लाई नेपालको चलनचल्तीमा मंगोलियनमुटु भन्दा मलाई कुनै संकोच छैन.
यिनलाई नजिकबाट जान्नेहरु भन्छन जब यी पर्येटक छेत्रमा लागे त्यै बेलाबाट यी कुलतमा लागेका हुन्। १९९८ मा मलाई सम्पर्क गरेर अनुरोध गरे मेरो कम्पनि र परिवार बर्वाद हुने भयो, केहि समयकोलागी आर्थिक सहयोग गरिदिन पर्यो, म बैंकले लिलाम गर्न लागेको जग्गा निखन्छु र बेबसायेमा लाग्छु, तपाई नेपाल आउदा बेबसाएबाट संभब भए नगद नत्र तेही अहिले बैंकमा भयको जग्गा तपाईकोनाममा गरिदिन्छु भन्ने सर्तमा १९९८ मा मैले यिनलाई १०००० दस हजाज़ यूरो पठाएको थिए. जुन अहिले सम्म दिनेत के सकेसम्म बरु अरु निकाल्ने कथित कसरत गर्छन.
जब म नेपाल गए, उनीले मेरो पैसा मलाई फर्काउनेत टाढाको कुरा, म जस्ता सयौं ब्येक्तिलाई त्येही कम्पनि र जग्गा देखर फसाएका रहेछन. उल्टो मसंग रोइकराईगरि आफ्ना छोराको वर्ष भरिको इस्कुको सुल्क तिर्न लगाए जसको परिणाम रोकिएर अगाडी अध्यन गर्न बन्चित गरिएको रहेछ.
तेहिबेलाको नेपाल बसाइमा थाह भयो, यी बलबहादुर त् जुहा, रक्सि, र ब्यस्यागमन्ममा लागेर आफ्नो परिवारको साथसाथै कयौं सोझा र विश्वास गर्ने मान्छेलाईबर्बाद गरेका रहेछन। तेसैले यो यिनको अर्को सकुनी चाल, बुद्देस्कालमा असछेम हुदाको अर्को जाल हुन सक्छ, कृपया सत्य तत्थ नजाची, नतौली, वास्तविक आसय पत्ता नलगाई बिदेशमा कयौं समस्या र अपमान सहेर कमाएको २/४ पैसा येस्तो मानबरुपी दैत्ये ब्वासोलाई आहारा नहाल्नु होला। येदि यी बास्तबमै बिरामी भएका हुन् भने २०/३० लाखको भन्दा बढी सम्पति छ यिनको चापाकोटमा, यिनकी छोरी सन्तु गुरुङ १०/१५ वर्ष देखि होंग कोंग्मा कम गर्छिन। मलाई लग्छ यो यिनको ठग्ने अर्को रणनीति मात्र हो.
Comments are closed.