२८ करोडमा बीपी खनाललेले बेलायतमा नर्सिङ् होम किने


बेलायतमा नेपालीले नर्सिङ् होम किने

लन्डन /

बेलायतमा बस्ने एक नेपालीले यहाँको एक नर्सिंङ् होम खरिद गरेका छन् । बेलायतमा बस्दै आएका नेपाली बीपी खनालले लन्डनबाट करिव एकसय ५० माइल टाढा वेल्समा एभेन्यू रोड नर्सिङ होम खरिद गरेका हुन् ।

उनले २८ करोड रुपैंयाँमा नर्सिङ होमको खरिद गरेका हुन् । खनालले सोमवारबाट नै उक्त नर्सिङ होमको स्वामित्व लिएका छन् ।

तीन वर्ष अघि वेल्समै अर्को नर्सिङ होम किनेर सञ्चालन गर्दै आएका थिए । तीन वर्षअघि १३ करोड रुपैयाँमा किनेको नर्सिङ होम पनि सञ्चालनमै छ ।

विरामीले उक्त नर्सिङ होममा साताको दुई लाख रुपैयाँसम्म खर्च गरेर उपचार गर्ने गरेको बताइएको छ ।

खनालले बेलायतकै विभिन्न कलेज, अनलाइन रिटेल लगायत अन्य क्षेत्रमा समेत लगानी गरेको वी नेपालीले जनाएको छ ।