जेल परेकी गंगा भुजेलको छोरालाई स्कुल पठाउन कतारबाट सहयोग


दोहा । कतारमा रहेका विभिन्न संघसंस्थाहरुले चोरीको आरोपमा जेल परेकी गंगा भुजेलको छोराको पढाईका लागि आर्थिक खर्च पठाएका छन् । वैदेशिक रोजगारीमा कतार आएकी गंगा भुजेल आएको दुईमहिनामै चोरीको आरोप लागेर जेलमा रहेकोले उनको छोराको पढाई रोकिने भएको भन्दै नेपाली महिला समाजको सक्रियतामा आर्थिक संकलन अभियान चलाइएको हो ।

गंगापुत्रलाई पढाई खर्च सहयोगका लागि नेपाली महिला समाज कतारले १ हजार रियाल व्यहोरेको छ भने नेपाली प्रवासी तामाङ्ग सेवा समाजले १ सय १ रियाल, नेपाली प्रवासी मगर संघले सय रियाल, भुजेल सेवा समाजले ७ सय २० रियाल, सुनुवार सेवा समाजले १ सय १ रियाल, किरात राई यायोख्खा शाखा कतारले १ सय ७६ रियाल, तमु सेवा समाजले १ सय १ रियाल, माझीसेवा समाजले १ सय ५१ रियाल सहयोग प्रदान गरेका छन् ।

नेपाली ६५ हजार रुपैया संकलित रकम एकमुष्ट भुजेलको छोरो अध्ययनरत रहेको आदर्श विद्या सदन ललितपुरमा उनैको छोरो मार्फत बुझाइएको छ । उनी सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेका छन् ।