कास्की सेवा समाज स्पेनको २७ सदस्यीय तर्दथ समिती गठन


बसन्त रानाभाट 
बार्सिलोना

कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले दिल नाथ भण्डारीको अध्यक्षता २७ सदस्यीय कास्की सेबा समाज स्पेनको तदर्थ समिति गठन गरेका छन्। 

जिल्लामा स्वास्थ्य,शिक्षा,लगायत परोपकारी काम तथा स्पेनमा रहेका कस्केलीहरुको हितमा काम गर्ने उदेश्यले समाज गठन गरेका हुन्।
तदर्थ समितिको उपाध्यक्षमा कमल प्रसाद अधिकारी र राजेन्द्र कडेल,सचिबमा बिशाल ढुंगाना, सह- सचिबमा कुमार गुरुङ र कोषाध्यक्षमा रुबी केसी सर्बसम्मतलाई चयन गरेको छ। यस्तै सदस्यहरुमा पुष्प केसी,बल बहादुर कार्की,राजु लामिछाने,दिल बहादुर गुरुङ,सुरेश भण्डारी,संजिता पौडेल,शंकर बराल,गम बहादुर बिक,कमल भण्डारी,चन्द्रा गुरुङ,लक्ष्मण अधिकारी,जित बहादुर कुमाल,देबी कुमारी भण्डारी,पार्वती अधिकारी,हेमा कार्की,पुण्य प्रभा सुबेदी,तिलक कार्की,कमला केसी , कृष्ण राज धमाला र टिका बहादुर क्षेत्री रहेका छन्।
10953080_933198130038621_474673759_n
यस्तै बेलकाजी गुरुङको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ। समितिका अन्य सदस्यहरुमा दिनेश गुरुङ,सन्दिप मोहोन भट्टराई,बसन्त रानाभाट,केदार ढुंगाना,शिब कुमार लामिछाने र गंगा देबी शर्मा रहेका छन्।
तर्दथ समितिका अध्यक्ष भण्डारीले सम्पूर्ण कस्केली तथा नेपाली दाजुभाईहरुलाई समाजले सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे। नेपाली नेपाली डटकम सँग कुरा गर्दै उनले भने, हामी जिल्ला बासीहरुलाई सक्दो सहयोग गर्न लागि पर्ने छौ छिट्टै योजना तर्जुमा गरि परोपकारी काममा हात बढाउने छौ ।
 आईतबार बार्सिलोनामा सम्पन्न भेलामा स्पेनबासी कस्केलीहरुको उल्लेखेनिय सहभागिता रहेको थियो। समाजले आगमी एक बर्ष भित्र पहिलो अधिबेशन गर्ने निर्णय गरेको छ।
10906950_909372825763545_596063490_o10945414_933200960038338_538830677_n

                       अध्यक्ष- दिल नाथ भण्डारी