पोखरा विश्व विद्यालयमा रजिष्टार र डिन विच जुहारी, विद्यार्थीले गरे तोडफोड


 

सागर राज तिमिल्सिना

पोखरा/पोखरा विश्वविद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । विश्वविद्यालयले विद्यार्थी भ्रमणमा गएको बस भाडा नदिए पछि विश्वविद्यालयको भवनमा तोड्फोड गरेका छन् । इन्जिनियरीङ हेल्थ साइन्सका विद्यार्थीहरुले भवनमा  तीन दर्जन भन्दा बढि सिसा र गमला तोड्फोड गरेका छन् ।

करिब दुई महिना पहिले फिल्ड भ्रमणमा गएका विद्यार्थीको बस भाडा विश्वविद्यालय दिन आनाकान गरे पछि विद्यार्थीहरुले तोड्फोड् गरेका हुन् । विश्वविद्यालयका बस अन्यकाममा व्यस्थ भए पछि विद्यार्थीहरुले तीन वटा बस खोजेर काठमाडौ र अन्य क्षेत्रको भ्रमणमा गएका थिए । तर रजिष्टार डाक्टर दिपक भण्डारीले बस भाडा वापतको १ लाख २ हजार दिन आनाकानी गरे पछि विद्यार्थी आक्रोसित भएका थिए ।

पोखरा विश्व विद्यालयका रजिस्टार दिपक भण्डारी र डिन डाक्टर गोविन्द लामिछाने विच बस रिर्जवका लागी पैसा दिने कुरामा जुहारी चलेको छ । विद्यार्थीलाई पैसा दिने पक्षमा लामिछाने छन् भने भण्डारी विपक्षमा छन् । जसका कारण विद्यार्थीले रिर्जवमा लिएको बस भाडा दिन पाएका छैनन् ।