समाज गठन गर्दै स्पेनका स्याङ्जालीहरु एकजुट


बसन्त रानाभाट
बार्सिलोना/

स्याङ्जा जिल्ला स्थायी घर भई हाल स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले स्याङ्जा समाज स्पेन गठन गरेका छन्।आफ्नो जिल्लाको बिकासमा सहयोग पुर्याउने र बिदेशमा रहेका जिल्ला बासिहरु बीच पनि पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउने भन्दै तर्दथ समिति गठन गरेका हुन्।

स्पेनको बार्सिलोनामा भेलाको आयोजना गर्दै वेन बहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको छ। समितिको सह- संयोजकमा हेमन्त रानाभाट र लिल बहादुर रोकाया रहेका छन्।

नयाँ कार्यसमिति बिस्तारको लागि आगामी फेब्रअरी १५ तारिक पहिलो अधिबेशन गर्ने तय भईसकेको सह-संयोजक रानाभाटले नेपाली नेपाली डटकमलाई बताए। उनले भने “स्पेन स्थित सामजिक संघ सस्थाहरु सँग सहकार्य गरेर अगाडि बढ्ने हो ,आफु जन्मेको ठाउलाई कुनै कुनै रुपमा सहयोग गर्नुपर्छ भन्ने सबैलाई लागेकोले समाजको अबधाराणा ल्याएका हौ । स्पेनमा स्याङ्जा जिल्लाको  प्रतिनिधित्व गर्नेको जमात ठुलो छ, सबैलाई तन मन धन सबै लगाएर आफ्नो ठाउलाई  सहयोग गर्न अपिल गर्छौ रानाभाटले भने।

प्रबासमा रहेका नेपालीहरुले जातीय तथा क्षेत्रीय सस्थाहरु खोल्ने क्रम बढीरहेको बेला स्पेनमा पनि दिनानु दिन बढ्दो क्रममा छ । नेपालीहरुको बाक्लो बसाई रहेको शहर बार्सिलोनालाई केन्द्र बिन्दु बनाएर संघ – सस्था खोल्ने क्रम बढेको हो।

1 COMMENT

Comments are closed.