मिति ५ माघ २०७१ का दिन राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय परराष्ट्र मन्त्रीसंग भेट गरी स्पेनमा वसोवास गर्ने सम्पूर्ण नेपालीहरुको तर्फबाट स्पेनमा नेपाली दूतावास स्थापनाको लागि पहल गरिदिन अनुरोध गर्यो ।
स्पेनमा दूतावस स्थापना गर्दा स्पेनमा वसोवास गर्ने नेपालीहरुको लागि मात्र नभई यसले नेपालको आर्थिक तथा समाजिक विकासमा समेत सहयोग गर्ने वताउँदै यस बिषयमा स्प्यानिय सरकारसंग भएको छलफलमा स्प्यानिस प्रतिनिधिहरुले समेत यसको पहल नेपाल सरकारले गर्नु पर्ने वताएको जानकारी दिनु भयो ।
उहाँले विगतमा नेपाल सरकारले दतावास स्थापना गर्ने भनि चयन गरेका तीन स्थान मध्ये दुई स्थानमा स्थापना गरी सकेकाले पनि अव पालो स्पेनको भएको वताउनु । सो अवसरमा माननीय परराष्ट्र मन्त्रीले प्रतिनिधिहरुसंग स्पेन सम्बन्धि केहि जानकारी माग गर्दै नेपाल सरकारले यसको आर्थिक, राजनीति, व्यापारिक तथा समाजिक पाटोको बिश्लेषण गरी स्पेनमा नेपाली दूतावास स्थापना गर्ने कार्यलाई महत्व दिने जानकारी दिनु भयो ।
भेटघाट कार्यक्रममा गैरअवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्पराज तिमिल्सिना, आईसिसि सदस्य दिपक खरेल, राष्ट्रिय समन्वय परिषद स्पेनका महासचिव संदिप मोहन भट्टराई, सदस्यहरु प्रकास भट्टराइ र कृष्ण भुषाल तथा संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।गैरआवासीय नेपाल संघ सचिवालय,काठमाण्डौ ।
मिति ५ माघ २०७१ का दिन राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय परराष्ट्र मन्त्रीसंग भेट गरी स्पेनमा वसोवास गर्ने सम्पूर्ण नेपालीहरुको तर्फबाट स्पेनमा नेपाली दूतावास स्थापनाको लागि पहल गरिदिन अनुरोध गर्यो ।
स्पेनमा दूतावस स्थापना गर्दा स्पेनमा वसोवास गर्ने नेपालीहरुको लागि मात्र नभई यसले नेपालको आर्थिक तथा समाजिक विकासमा समेत सहयोग गर्ने वताउँदै यस बिषयमा स्प्यानिय सरकारसंग भएको छलफलमा स्प्यानिस प्रतिनिधिहरुले समेत यसको पहल नेपाल सरकारले गर्नु पर्ने वताएको जानकारी दिनु भयो । उहाँले विगतमा नेपाल सरकारले दतावास स्थापना गर्ने भनि चयन गरेका तीन स्थान मध्ये दुई स्थानमा स्थापना गरी सकेकाले पनि अव पालो स्पेनको भएको वताउनु ।
सो अवसरमा माननीय परराष्ट्र मन्त्रीले प्रतिनिधिहरुसंग स्पेन सम्बन्धि केहि जानकारी माग गर्दै नेपाल सरकारले यसको आर्थिक, राजनीति, व्यापारिक तथा समाजिक पाटोको बिश्लेषण गरी स्पेनमा नेपाली दूतावास स्थापना गर्ने कार्यलाई महत्व दिने जानकारी दिनु भयो ।
भेटघाट कार्यक्रममा गैरअवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्पराज तिमिल्सिना, आईसिसि सदस्य दिपक खरेल, राष्ट्रिय समन्वय परिषद स्पेनका महासचिव संदिप मोहन भट्टराई, सदस्यहरु प्रकास भट्टराइ र कृष्ण भुषाल तथा संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाल संघ सचिवालय,
काठमाण्डौ ।