बन्दी जीवन बिताइरहेका बाबुआमाका बेसहारा बालबालिकालाई सहयोग


लण्डन /

बेलायतस्थित नेपाली महिलाहरुले नेपालमा बन्दी जीवन बिताइरहेका बाबुआमाका बेसहारा बालबालिकालाई सहयोग जुटाएका छन् । यहाँस्थित नेपाली महिलाहरुको संगठन नेप्लिज वुमन एशोसिएसन यूकेले ति वालवालिकाको सहयोगार्थ आइतबारसाँझ लण्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर कार्यक्रम गरी करिब अढाई लाख रुपैयां जुटाएको हो ।

संकलित रकम प्रिजनर्स असिस्टेन्स नेपाल नामक संस्थामार्फत प्रदान गरिने छ । च्यारिटी डिनर कार्यक्रममा एसोेसिएसनकी अध्यक्ष आरती श्रेष्ठले नेपाल भ्रमणका क्रममा आफूले बन्दी आमाबाबुका बालबालिकाको दयनीय अवस्था देखेपछि सहयोगको सोच बनाइएको बताइन् ।

कार्यक्रममा विशेष अतिथी इलिङ तथा साउथहल क्षेत्रका सांसद वीरेन्द्र शर्मा र प्रमुख अतिथी कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले संस्थाको पवित्र कामको प्रशंसा गरेका थिए ।

10931273_1008871412459900_8645889527480791565_n

त्यसक्रममा चेल्सी तथा केन्जिङ्टन र इलिङ क्षेत्रका मेयरहरुसहित बेलायती अतिथी समेत सहभागी थिए । कार्यक्रममा देखाइएको असहाय बालबालिकाबारेको वृत्तचित्रले उपस्थित धेरैलाई भावुक बनाएको थियो । वृत्तचित्र डा. रजनी रिजालले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको सुरुमा एसोसिएसनकी कोषाध्यक्ष समेत रहेकी गायिका सितु खरेलले स्वागत गीत गाएकी थिइन् भने महासचिव प्रसुना कंडेलले मौलिक नेपाली नृत्य एवं धन्यवाद ज्ञापन गरिन् । – ekantipur