पोखरा/
प्रर्यटनको प्रचुर सम्भावना बोकेको साविकको कृस्ति गाविसलाई पोखरा उपमहानगरपालिकाको वडा नं २४ का रुपमा विधिवत घोषणा भएको छ । नेपाल सरकारको मंसिर १६ गतेको निर्णय अनुसार नै उपमहानगर पालिकामा गाभिएको हो।
कार्यालयका वरिष्ठ अधिकृत तथा निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले पोखरा उपमहानगरपालिका वडा समितीको कार्यालय वडा नं २४ कृष्ती लेखिएको बोर्ड पढेर सो घोषणा गर्नुभएको हो । यस्तै उपमहानगरपालिका भएपछी सोही अनुरुप काम कार्वाही गर्नका लागि साविककै गाविस सचिव डिल्लिराम पराजुलीलाई जिम्वेवारी पत्र तथा कार्यालयका आवश्यक कागजात र छाप हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा नगरस्तरिय राजनैतिक दलका प्रतिनिधीहरु, स्थानिय राजनैतिक दलका प्रतिनिधीहरु, पोखरा उप महानगर पालिका कार्यालयका वरिष्ठ इञ्जिनियर तथा योजना विभागका प्रमुख शारदा मोहन काफ्ले,लगायत स्थानियहरुको सहभागीता रहेको थियो । स्थानिय राजनैतिक दलका प्रतिनिधिहरुले बाटो, खानेपानी, विधुत,संचारजस्ता महत्वपूर्ण क्षेत्रहरुको तिब्र बिकासको लागि नगरपालिकाले त्यस तर्फ ध्यान दिनु जरुरी रहेकाे कुरा औल्याएका थिए । यस्तै नगरस्तरिय राजनैतिक दलका प्रतिनिधीहरुले सानो इकाइबाट ठुलो इकाइमा जाँदा चुनौती र सम्भावना दुवै उत्तिकै रहने हुँदा कृस्ति बासीले धैर्यता गर्नुपर्ने र परिवर्तनको यो गतिलाई अात्मसाथ गर्नुपर्ने धारणा राखेका थिए ।
सुन्तलाको राम्रो खेति हुने कृस्ति उत्पादनको दृष्टिकोणबाट प्रचुर सम्भावना छ। यस्तै प्रर्यटनलाई प्रचुर सम्भावना बोकेकोले नगरपालिकाले यसलाई ध्यान दिन सकेमा यस क्षेत्रको बिकासमा टेवा पुग्ने देखिन्छ। साथै आन्तरिक प्रर्यटन,बनभोज लगायत पोखराको रमणीय दृश्य देख्नको लागि पनि यो क्षेत्र उत्तम गन्तब्य मान्न सकिन्छ।यसका लागि बयली,रान्नि जस्ता ठाउहरु प्रचलित हुनसक्ने अनुमान गरिएको छ। करिब ५ हजारको हारहारीमा रहेका कृस्तीबासि नगर बासि भएपछि उनीहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। नगर क्षेत्र घोषणा सँगै जग्गा जमिनको भाउ बढ्ने हुनाले यसको कारोबारमा बृद्दी हुने जानकारहरु बताउछन्।