नेपालमा ५६ हजार गैर सरकारी संस्था, २५ हजार अनुमति विनै सन्चालन


 

पोखरा,/ पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले गैर सरकारी संस्थाहरुले गर्ने काम पारदर्शी हुनुपर्ने बताएका छन् । सीप हस्तन्तरणद्वारा सशक्तीकरण नेष्ट को १२ औ साधारण सभाको पोखरामा उद्घाटन गर्दै थपलियाले गैर सरकारी संस्था सरकारको प्रतिस्पर्धी हुन नसक्ने बताए ।

लामो समय स्थानीय विकास मन्त्रालयमा रहेर काम गरेका क्षेत्रीय प्रशासक थपलियाले सरकारले वनाएको नियम परिधिमा वसेर काम गर्ने परिपाटीका नभएका कारण गैर सरकारी संस्थाहरुले गरेको कामप्रति बिश्वसनीयतामा प्रश्न उठेको वताए ।

उनले नेपालमा गैर सरकारी संस्थाहरुले वर्षेनी ३० अर्व खर्च गरेको भए पनि लगानी अनुसार जनताले प्रतिफल पाउन नसकेको दावी गरे । नेपालमा ५६ हजार गैर सरकारी संस्था भए पनि ३१ हजार गैर सरकारी संस्थाहरु मात्रै दर्ता भएर काम गरेका छन् । दर्ता नभई चलेका संस्थाहरुले आफुखुसी संस्था सञ्चालन गर्दा भ्रष्टाचार वढेको थपलीयाको भनाई थियो ।

संस्थाले २२ वर्षदेखि सामाजिक सुशासन र विकासका लागि काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक छवि गौडेलले वताए । संस्थाले सीप हस्तन्तरणद्वारा सशतmीकरण गर्न ९ सय ८० जनालाई बिभिन्न किसिमका ३९ वटा तालिम प्रदान गरेको छ भने हाल संस्थाले २ वटा परियोजनामा काम गर्दै आएको छ । नेष्टले हाल सुनौला हजार दिन आयोजना’ नेपालका १० जिल्लामा काम गर्दै आएको छ ।