माधव बराल
पोखरा, २६ भदौ
नेकपा एमालेको नवौं महाधिवेशनले पारित गरेको प्रस्ताव तथा निर्णयहरुको बारेमा कार्यकर्तालाई जानकारी गराउन पोखरामा भदौं २८ गते सन्देश सभा गर्ने भएको छ ।
गत असारमा सम्पन्न महाधिवशेनपछि पहिलो पटक शनिबार पोखरामा सन्देश सभा आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।
नयाँ बजारस्थित तमुधिं नेपालको सभाहलमा हुने सन्देश सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओली,उपाध्यक्षहरु बामदेव गौतम, भीम रावल लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा करिव ३ हजार जनाको सहभागिता रहने थापाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा एमाले कास्कीका सचिव दामोदर बैरागीले सभालाई सफल बनाउन तयारीलाई तिव्र पारिएको जानकारी दिनुभयो ।