– हेमन्त रानाभाट
( एनआरएनए स्पेन कोषाध्यक्ष )
झुटमा तिमी जति नै रमाउ
सत्य एक दिन बाहिर आउने छ
चिप्लो जति नै घसी आफ्नो बनाउ
तिम्रो हर्कत दुनियाँले थाहा पाउने छ
झुटको तिमि महल खडा गर
सत्यको एक तिल भए पुग्छ
अहमताको तिमी जति नै घडा भर
सत्यको अगाडि तिम्रो शिर शरमले नुग्छ
साचो मान्छे सबैको मनमा हुन्छ
झुटाको झैँ गुलामी गर्दैन
सत्यको बोलि सधैँ एक हुन्छ
बारम्बार फेरि रहन पर्दैन
सत्यले धर्म र जाति भनेर रोज्दैन
सारा जन एउटै सत्य पुज्छन्
सत्यले ठुलो ब्याख्या खोज्दैन
आखा कान बिहिनले नि बुझ्छन्
सत्यलाई जति नै बङ्गयाउ
ठुला ठुलाका आत्मकथा ,
तिरस्कारमा घेरिएका छन्
झुटलाई जति नै लम्बयाउ
बर्षे। बर्षका ईतिहास फेरिएका छन्
आफ्ना आखा छोपी
झुट कसैले नदेखे झैँ नमान
हर गल्तिमा तिम्रै छ चर्चा
कान थुनी ,दुनियाँ मौन छ नठान






अती गहन छ कविता
All the best
Comments are closed.